Demanding the Shitalpaati VDC to be merged with Khaadbari municipality during local level restrucuring, the locals of Shitalpaati VDC have started a relay hunger strike from Friday.
The locals started the strike by submitting the memorandum to the Local Development Officer, Mr. Krishna Prasad Subedi. Before the strike, the locals staged a demonstration at Khaadbaari.
The memorandum stated the demand to keep the headquarter of Makalu VDC at Num. Furthermore, Mamling, Tamaphok and Aankhihui have been demanded to be kept at Buddhachowk.
In case their demand isn't addressed, they will be taking this issue to Baarhabise and Sabhapokhari. Local Development's Committee's meeting to come up with the solution of this problem has been indefinitely postponed because of lack of appropriate preparation.
स्थानीय तह पुनर्संरचना गर्दा खाँदबारी नगरपालिकामा गाभ्न माग गर्दे शीत्तलपाटी गाविसका स्थानीयले रिले अनसन सुरु गरेका छन् ।
स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाएर उनीहरुले शुक्रबारबाट रिले अनसन सुरु गरेका हुन् । उनीहरुले शीत्तलपाटी नगरपालकासँग जोडिएको गाविस भएकाले यतै सहज हुने बताए । रिले अनसन बस्नअघि उनीहरुले खाँदबारीमा जुलुस प्रदर्शन गरेका थिए ।
यस्तै मकालु गाउँपालिकाको केन्द्र नुममा राख्न माग गर्दे ज्ञापनपत्र बुझाएका छन् । मामलिङ, तामाफोक र आखीँभुइको मामलिङको बुद्धचोकमा राख्न माग गरेका छन् ।
धुपु गाविसले नगरपालिकामा नजोडे बाह्रबीसे र सभापोखरीसँग छलफल गरेर टुंगो लगाउने जनाएको छ । स्थानीय तह पुनर्संरचना प्राविधिक समितिले १० गाउँपालिकाको अवधारणा ल्याएको छ ।
यसका विषयमा जिल्ला विकास समितिले आइतबार गर्ने भनेको कार्यशाला गोष्ठी स्थगित गरेको छ । दलहरुले आन्तरिक तयारी नपुगेको भनेपछि कार्यशाला स्थगित गरिएको स्रोतले जनाएको छ ।