Incident Reports

पतिको कुटपिटबाट पत्नी गम्भीर घाइते l

2014-06-29

Lumbini, Dang, Tulsipur

Gaman Singh Khadka दाङ । ०७१ असार १६ गते बिजौरी गाविस-७ अस्पतालडाडा निवासी ४५ वर्षीया कुमारी सार्कीलाई ४६ वर्षीय पति टेकबहादुर सार्कीले असार १५ गते राति कुटपिट गरेका छन् । मादक पदार्थ सेवन गरी घरमा आएका टेकबहादुरले सामान्य घरायसी विषयमा विवाद हुँदा पत्नीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको कुमारीका भाइ डिल्ली सार्कीले जानकारी दिए । घाइते कुमारीको टाउको, हात र मुखमा गहिरो चोट लागेको छ भने शरीरका अन्य भागमा समेट चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । आरोपित टेकबहादुरलाई प्रहरीले असार १५ गते नै गिरफ्तार गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरी चौकी बिजौरीका प्रमुख खड्गबहादुर डाँगीले बताए । गमनसिंह खड्का

0 Comments

Related Reports
Related Trend Analysis