2023-06-14
नेपाल विद्यार्थी संघ आबद्ध त्रिचन्द्र क्याम्पस लगायत उपत्यकाका विभिन्न क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।
'उच्च शिक्षा ऐन', 'संघीय शिक्षा ऐन' लगायतका ऐनलाई संसदमा प्रस्तुत गर्न र संसदीय शिक्षा समितिमा आवश्यक छलफल गरी ऐन पारितका लागि मार्गप्रशस्त गर्न भन्दै उनीहरूले सरकार र शिक्षामन्त्री समक्षसँग माग समेत गरेका छन्।
यस्तै, उनीहरूले शिक्षाजस्तो संवेदनशील र अतिआवश्यक विषयमा नीति बनाउने ठाउँमा बसेर मस्यौदा समेत संसदमा प्रस्तुत नगर्नु गैरजिम्मेवारपूर्ण भएको भन्दै सरकार मौन बसे विद्यार्थी आन्दोलन नरोकिने बताएका छन्।
यसैबीच, बानेश्वरमा आन्दोलन गर्ने क्रममा उनीहरूले निषेधाज्ञा क्षेत्र तोडेपछि केहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
११ जनालाई नियन्त्रणमा लिई बानेश्वर वृत्तमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले बताए।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |