Incident Reports

पत्रकारलाई कुटपिटको धम्की

2023-07-25

समाचार लेखेको विषयलाई लिएर सुनसरीको बराहक्षेत्र नगरपालिकामा एक पत्रकारलाई दुई व्यक्तिले कुटपिटको धम्की दिएका छन्।

नगरपालिकाका मेयर रमेश कार्कीले दिएको एक अभिव्यक्तिबारे समाचार लेखिएको विषयमा पत्रकार सुविन विश्वकर्मालाई स्थानीय सुरज क्षेत्री र रोहित बस्नेतले धम्की दिएका हुन्।

पीडित विश्वकर्माका अनुसार दुवै जनाले मंगलबार बेलुका बराहक्षेत्रस्थित घरमा पुगेर धम्क्याएका हुन्। फोनबाट पटक–पटक धम्की दिएका सुरजले बेलुका घरमै पुगेर कुटपिट गर्ने धम्की दिएको उनले बताए।

घरमा त्रसित अवस्थामा बसिरहेको बताएका विश्वकर्माले आफूले गलत नगरेको र समाचार लेखेको विषयमा चेतावनी भोग्नुपरेको बताए।

उनका अनुसार यसअघि पनि फोनबाट क्षेत्रीले भेट्न खोजेका थिए। क्षेत्रीले गालीगलौज गर्दै फोनमा कुरा गरेपछि आफूले भेट्न नमानेको विश्वकर्माले बताए।

स्थानीय एक अनलाइन डिजिटलमा कार्यरत नेपाल पत्रकार महासंघ सुनसरीका कार्यसमिति सदस्य विश्वकर्माले लेखेको समाचारको विषयमा विवाद भएको हो। फोनबाट र घरमा पुगेर धम्क्याएका क्षेत्री मेयर कार्की निकटस्थ हुन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments