Analysis

पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघिको चुनावी अभियान अवधिमा भएका घटनाहरु

2018-01-02

विश्लेषण अद्यावधि — १५

अवधिः कात्तिक ५– मंसिर ७, २०७४ | प्रकाशितः मङ्सिर ७, २०७४

मंसिर १० मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचन अघिको प्रचार–प्रसार अवधिमा चुनावसम्बन्धी घटनाहरुको संख्यामा ठुलै वृद्धि भयो ।ज्ञ कात्तिक ५ देखि मंसिर ७ सम्म ११४ चुनावसम्बन्धी घटनाहरु नेपाल मनिटरले रेकर्ड गरियो, जबकी असोज १३ देखि कात्तिक ४ सम्म मात्र छ घटना घटेका थिए । घटनाहरुको संख्या बढ्नुको कारण यस प्रकार पाइयो मुख्य पार्टीहरुको प्रचार बढ्नु, अज्ञात समूहहरुबाट उम्मेदवारमाथि हमला धेरै हुनु र सुरक्षाकर्मीद्वारा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुलाई चुनाव विरोधी गतिविधि गरेको भनेर पक्राउ गर्नु ।

यस अवधिभरी रेकर्ड भएका ११४ घटनामध्ये नेकपा संलग्न भएका ५१ वटा घटनाहरु थिए । ४५ वटा घटनाहरु अज्ञात समूह र बिस्फोटनसम्बन्धी थिए । १० वटा घटनाहरु प्रमुख दलहरुबीच आपसमा भएको द्वन्द्वको कारण भएको पाइयो । चारवटा घटनाहरु दलका कार्यकर्ताहरुको उम्मेदवार चयनप्रति असन्तुष्टिसम्बन्धी थिए । एउटा घटनामा स्थानीय प्रशासन र राजनीतिक पार्टीबीच चुनावी कार्यक्रम स्थलको विषयमा विवाद भयो । अर्को घटनामा उम्मेदवारलाई गाउँलेहरुले खेदाए । यसैगरी भएको अर्को एक घटनामा उम्मेदवारका समर्थकहरुले पत्रकारमाथि आक्रमण गरे र थप एउटा घटनामा स्थानीयहरुले गाउँपालिकाको केन्द्र परिवर्तन गर्न नहुने भन्दै बिरोध गरे ।


***

यो प्रतिवेदन डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डिआरसीएन) र शान्तिका लागि साझा अभियान (कोक्याप)÷नेपाल मोनिटरले आउँदो निर्वाचनहरुको अवधिभर प्रकाशन गर्ने आवधिक विश्लेषण अद्यावधि शृङ्खलाको पन्ध्रौ संस्करण हो । यस परियोजनाले द एशिया फाउन्डेशन र द कार्टर सेन्टरबाट आर्थिक र प्राविधिक सहायता प्राप्त गरेको छ ।


0 Comments