Analysis

दोश्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अघिको चुनावी अभियान अवधिमा भएका घटनाहरू

2018-01-02

विश्लेषण अद्यावधि — १६

अवधिः मङ्सिर ११–१८, २०७४ | प्रकाशितः मङ्सिर १८, २०७४

मङ्सिर ११ र १८ को अवधिमा निर्वाचनसम्बन्धी ६४ घटना घटेको रेकर्ड गरियो । यस अवधिमा घटेका घटनाहरूमध्ये ५० घटना अज्ञात समूह तथा विस्फोटक पदार्थसम्बन्धी थिए, आठ घटना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संलग्न थिए, दुई घटना अन्तरपार्टी विवादसम्बन्धी थिए, एक घटना राजनीतिक दलका कार्यकर्ताहरू र प्रहरीबीच झडपको थियो, दुई घटना विस्फोटक पदार्थसहित केही व्यक्ति समाातिएका थिए र एक घटनामा पचास ओटा अवैधानिक मतपत्रसहित एकजना निर्वाचन अधिकारी समाातिएका थिए ।

कात्तिक ५ देखि मङ्सिर ७ को पछिल्लो रिपोर्टिङ अवधिको तुलनामा नेकपा संलग्न घटनामा उल्लेखनीय कमी आयो ।ज्ञ नेकपा संलग्न आठ घटनामध्ये दुई घटनामा नेकपा कार्यकर्ताहरू निर्वाचन बिथोल्ने कार्यमा संलग्न थिए भने अन्य छ घटनामा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले उक्त पार्टीकोे कार्यकर्ताहरूलाई समातेको थियो । यद्यपि पछिल्लो रिपोर्टिङ अवधिको जस्तै अज्ञात समूहसंलग्न विस्फोटक पदार्थसम्बन्धी घटना उच्च नै रह्यो । विस्फोटबाट दाङमा एकजना अस्थायी प्रहरीको ज्यान गयो । पछिल्लो रिपोर्टिङ अवधिको जस्तै धेरै विस्फोटका घटनाहरूले राजनीतिक दलका नेता तथा उम्मेदवारहरूलाई लक्षित गरेका थिऐ । आक्रमणमा परेका नेताहरूमध्ये उदयपुर निर्वाचन क्षेत्र २ का नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार नारायण कार्की र नेपाली काँग्रेसकै तर्फबाट काठमाण्डु निर्वाचन क्षेत्र ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापा विस्फोटमा घाइते भए । यद्यपि विस्फोटका घटनाहरूले आमरूपमा चुनावी अभियानमा कुनै असर पारेनन् ।


***

यो प्रतिवेदन डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डिआरसीएन) र शान्तिका लागि साझा अभियान (कोक्याप)/नेपाल मोनिटरले आउँदो निर्वाचनहरुको अवधिभर प्रकाशन गर्ने आवधिक विश्लेषण अद्यावधि शृङ्खलाको सोह्रौ संस्करण हो । यस परियोजनाले द एशिया फाउन्डेशन र द कार्टर सेन्टरबाट आर्थिक र प्राविधिक सहायता प्राप्त गरेको छ ।

0 Comments