Analysis

वैशाख ३१ को निर्वाचनअघि प्रचारप्रसार अवधिमा भएका घटनाहरु

2017-05-16

पहिलो चरणको चुनाव वैशाख ३१ मा नजिकिदै जाँदा राजनीतिक दलहरुले आ–आफ्ना चुनावी गतिविधि बढाउन थालेपछिको यस अवधिमा प्रदेश ३, ४ र ६ मा निर्वाचनसम्बन्धी घटना उल्लेखनीय रुपमा बढ्यो । वैशाख ९ देखि २७ को अवधिमा नेपाल मोनिटरले संकलन गरेको तथ्याङ्कअनुसार प्रदेश ३, ४ र ६ मा ५६ घटनाहरु घटे । पहिलो चरणको निर्वाचन सम्पन्न नहुञ्जेलसम्म दोश्रो चरणको निर्वाचनको तयारीको सबै कार्यक्रम रोकिएको हुनाले पछिल्लो रिर्पोटहरुको अवधिको दाँजोमा मधेश केन्द्रित दलहरुको गतिविधिमा व्यापक कमी आयो । साथै दोश्रो चरणको चुनावअघि संविधान संशोधनको सहमतिलाई मुख्य दलहरुले पालना गर्छ वा गर्दैन भन्ने पनि मधेश केन्द्रित दलहरुले प्रतिक्षा गरिराखेका छन् ।

***

यो प्रतिवेदन डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डिआरसीएन) र शान्तिका लागि साझा अभियान (कोक्याप)/नेपाल मोनिटरले आउँदो निर्वाचनको अवधिभर प्रकाशन गर्ने आवधिक विश्लेषण अद्यावधिक शृंखलाको तेस्रो संस्करण हो । डिआरसीएनले स्थलगत अवलोकन, अनुसन्धान र वस्तुगत रिपोर्टिङ मार्फत् नेपालको लोकतन्त्रलाई प्रवर्धन गर्ने लक्ष्य लिएको छ । कोक्यापले नेपालको शान्ति प्रक्रियालाई विभिन्न तरिकाले सघाएको छ, तीमध्ये सामाजिक सुरक्षा प्रणालीलाई प्रबर्धन गर्ने, लोकतान्त्रिक अभ्यासहरुलाई सबल पार्ने र मानवअधिकारको संस्कृतिलाई विकास गर्ने मुख्य हुन्। यस परियोजनाले द एशिया फाउन्डेशन र द कार्टर सेन्टरबाट आर्थिक र प्राविधिक सहायता प्राप्त गरेको छ ।

0 Comments