Incident Reports

Students Forced to Drink Polluted Water

2012-11-02

पर्वत । कार्तिक १६ गते

स्वास्थ्यमा सबैभन्दा बढी प्रभाव पार्ने र उत्तिकै आवश्यक पिउने पानीको व्यवस्था नहुँदा विद्यार्थीहरू खुला र अस्थायी मुलको पानी पिउन बाध्य भएका छन् । सदरमुकाम कुश्मावाट नजिकै रहेको चुवा गाविसमा अवस्थित मंगलोदय मावि विद्यार्थीहरू विद्यालयमा पिउने पानीको राम्रो व्यवस्था नहुँदा खुल्ला र अस्वस्थ्य पानी पिउन वाध्य भएका हुन् । वर्षातको समयमा खासै समस्या नहुने भए पनि हिउँदमा निकै समस्या उत्पन्न हुने गरेको छ ।

 

पिउनको लागि समस्या छँदैछ भने सरसफाईमा पनि पानीको अभावले निकै कठिन हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल पोख्रेलले वताए ।

 

वर्षातको समयमा विद्यालय हाताभित्रै उठ्ने मुलको पानी प्रयोग गर्ने गरेका छौँ उनले भने हिउँदमा भने विद्यालय हाता भन्दा तल रहेको मुलमा पुगेर पानी ल्याउनु पर्ने वाध्यता रहेको छ । दैनिक पानी बोक्न एक त कठिन छ भने त्यसरी ल्याएको पानी शौचालयमा प्रयोग गर्नुपर्दा सरसफाईमा पनि निकै समस्या हुने गरेको पोख्रेलले बताए ।

हिउँका समयमा पिउने पानी जसोतसो विद्यार्थीहरूलाई बोतलमै भएपनि ल्याउन आग्रह गर्‍छौँ तर, कक्षा कोठा सरसफाई र शौचालय सरसफाईमा धेरै समस्या भएको बताए प्रअ रामवहादुर क्षेत्री । जिल्लामा रहेका विभिन्न निकायसँग आग्रह गर्दा पनि चासो नदिएको र सधैँ श्रोतको खोजी गर्नुस् हामी अरु व्यवस्था मिलाउछौँ भनेर जवाफ दिने गरेको प्रअ क्षेत्रीले गुनासो गरे ।

माधवराज पाण्डेय

 

 

Parbat/November 1

The students of Mangalodaya Secondary School in Chuwa VDC have been forced to consume polluted drinking water.

 

The students complain that though they do not face any problem during the rainy seasons, the winters are really difficult.

 

School's management committee chairperson Khim Lal Pokharel said that the shortage of water also affecting cleaning works at the school.

 

"We use the spring located inside the school premises during the rainy season, but in winter, we have to bring water daily from outside" Pokharel said. Water, brought with such difficulty, cannot be used for the toilets, affecting their cleanliness.

 

He urged the students to bring their own water bottles in winter but it is difficult to manage toilets and other building facilities.

Madhav Raj Pandey

0 Comments

Related Reports
Related Trend Analysis