Incident Reports

Family of Rape Victim Displaced following Threat

2012-11-10

मोरङ । कात्तिक २४ गते

शनिश्चरे गाविस-९ स्थित महेन्द्र चोककी १६ वर्षीया बालिका सामूहिक बलात्कार घटनाका आरोपितपक्षले आर्थिक र सामाजिक धम्की दिएको कारण ०६९ कात्तिक २३ गतेदेखि पीडित विस्थापित भई झापा जिल्ला दमक नपास्थित आफन्तको घरमा बस्न बाध्य भएकी छन् ।

 

विस्थापित भएका कारण पीडित विद्यालय जानबाट वञ्चित छन् । उनी स्थानीय सिंहबाहिनी उच्च मावि कक्षा-९ मा अध्ययरत थिइन् । घटनापछि उनी मानसिक रुपमा विक्षिप्त भएको पीडितका आफन्तलाई उदृत गर्दै स्थानीय पत्रकार सौखिन वान्तवाले बताए । मानसिक बिरामीका कारण पीडितको अवस्था नाजुक रहेको पत्रकार वान्तवाले बताए ।

 

शनिश्चरे गाविस-९ का आरोपित २२ वर्षीय रामबहादुर कार्कीका मामा सोही ठाउँका एमाओवादी कार्यकर्ता जेतबहादुर बुढाथोकीले गाउँकै समस्या हो, गाउँमै मिलाउनुपर्छ भन्दै पीडितकी दिदीलाई पाँच लाख रुपियाँ रकम लिएर मुद्दा फिर्ता लिन दबाब दिएको पीडित पक्षको भनाइ छ । पीडितकी दिदीकाअनुसार छिमेकी कमला राईको पतिलाई सिंहवाहिनी उच्च माविमा खाना पुर्‍याउन गएर फर्किंदै गरेको समयमा सो घटना भएको थियो । बाटोबाट बसेका आरोपित रामबहादुर र सोही ठाउँका ४६ वर्षीय होटल व्यवसायी रत्नबहादुर धिमालले ०६९ असोज ७ गते राति समातेर जबरजस्ती मादक पदार्थ सेवन गराई धिमालकै होटलमा लगी पीडितमाथि सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि बेहोस अवस्थामा रहेकी पीडितलाई आरोपितहरूले नजिकको चौतारोमा लगेर राखी दिएका थिए । होस खुल्दा पीडितले आफूलाई नग्न अवस्थामा पाएकी थिइन् ।

 

पीडक पक्षले डर र धाक दिएका कारण घटना भएको दुई दिनपछिमात्र पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । उजुरी दिएको पाँच दिनपछिमात्र प्रहरीले मुद्दा दर्ता गरेको थियो । प्रहरीमा उजुरी परेको थाहा हुनासाथ आरोपितहरू फरार भएका थिए । उनीहरू अझै फरार छन् ।

 

पीडित पक्ष आर्थिक रुपले विपन्न र सामाजिक रुपले पहुँचविहीन भएको कारण आरोपित पक्षले पैसा र शक्ति प्रयोग गरेर मुद्दा फिर्ता गराउन खोजेको स्थानीय रामबहादुर बस्नेतले बताए । आरोपित पक्षले प्रहरीलाईसमेत दुई लाख रुपियाँको आर्थिक प्रलोभन र राजनीतिक दबाब दिई मुद्दा दर्ता नगर्न दबाब दिएको स्थानीयवासीको भनाइ छ । पीडित पक्ष भने मुद्दा फिर्ता नलिने पक्षमा रहेका छ । प्रहरीले आरोपितलाई गिरफ्तार गर्न तत्परता नदेखाएर शक्तिको पूजारी बनेको पीडितकी दिदीले आरोप लगाइन् । इलाका प्रहरी कार्यालय पथरीका इन्चार्ज केशव भट्टराईले सो आरोप अस्वीकार गर्दै मुद्दा दर्ता भई घटनाको अनुसन्धान जारी रहेको बताए ।

दीपेन नेउपाने

 

Morang/November 9

A 16-year-old rape victim of Mahendra chok in Shanishchare9 has been displaced to Damak Municipality in Jhapa since November 8 following threat from the accused side.

 

The victim has been deprived from attending school due to the displacement.

 

A local journalist Saukhin Bantawa, quoting the victim's relative, said that the victim has been mentally unstable after the incident.

According to the victim's family, UCPN-M cadre Jet Bahadur Budathoki, who is the maternal uncle of the accused Ram Bahadur Karki, is pressuring the victim's sister to take Rs. 5 lakh and settle the case in village.

 

The victim's sister said that Ram Bahadur and a hotel owner Ratna Bahadur Dhimal, 46, of same place forced her to drink alcohol and raped her after taking her to his hotel on September 23. The victim was returning home after taking food to husband of neighbor Kamala Rai at Singha Bahini Higher Secondary School.

 

The duo had abandoned her at a nearby place.

 

The victim's family had filed the case couple of days later at the police office. Police had registered the case five days after they filed the complaint.

 

A local Ram Bahadur Basent said that the accused side was trying to make the victim withdraw the case.

In-charge of Area Police Office Pathari Keshav Bhattarai rebuked the locals' comment that police had sided with the accused. He said that investigation into the incident was ongoing.

Dipen Neupane

0 Comments

Related Reports
Related Trend Analysis