Incident Reports

Police Intervenes Protest of Health Workers at Patan Hospital

2012-11-09

ललितपुर । कार्तिक २३ गते

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत् स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ०६९ कार्तिक २३ गते प्रहरीले हस्तक्षेप गरेको छ ।

 

आन्दोलनकारीले अस्पतालमा तालाबन्दी कार्यक्रम राखेपछि अस्पताल प्रशासनले प्रहरीलाई बोलाएको र यहाँ आएका प्रहरीले लाठीचार्ज गरेको पाटन अस्पतालका डाक्टर एवम् सङ्घर्ष समितिका प्रवक्ता केदार बरालले जानकारी दिए । प्रहरीले लाठी चार्ज गरेपछि त्यसको विरोध गर्दै यहाँ अध्ययनरत् एमबीबीएसका छात्र छात्रा धर्नामा बसेका छन् । लाठीचार्ज नभएको तर सामान्य धकेलाधकेल भने भएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।

 

स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रेपछि सेवाग्राहीले समयमा सेवा पाउन सकिरहेका छैनन् यद्यपी स्वास्थ्यकर्मीहरू सेवा भने सुचारु रहेको बताउँछन् ।

 

सरकारले प्रतिष्ठानमा दक्ष चिकित्सक हुँदाहुँदै बाहिरबाट ल्याएर शिक्षाध्यक्ष नियुक्त गरेको विरोधमा अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी केही दिनदेखि आन्दोलनमा उत्रेका हुन् । आन्दोलनकारीले प्रधानमन्त्री वा स्वास्थ्यमन्त्रीसँग मात्रै वार्ता गर्ने जनाएपनि सरकारले भने प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटालाई वार्ताको जिम्मेवारी दिएको छ । यसबाट उनीहरू थप आक्रोशित बन्दै आएका छन् । विवाद समाधानका लागि सरकारसँग वार्ता गर्ने भनिए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा काम विशेषका लागि ०६९ कार्तिक २२ गते साँझ मोरक्को गएकोले वार्ताको सम्भावना क्षीण बनेको स्वास्थ्यकर्मी शान्ता डंगोलले जानकारी दिइन् । स्वास्थ्य मन्त्रालयका सचिव डा प्रवीण मिश्र पनि कामको सिलसिलामा विदेशमै भएकाले समस्या समाधानका लागि तत्काल कुनै पहल हुने सम्भावना नरहेकोले आन्दोलनका कार्यक्रम घोषणा गर्ने आन्दोलनकारी स्वास्थ्यकर्मीहरू बताउँछन् ।

      

उनीहरूले आन्दोलनलाई थप सशक्त बनाउने र उपकुलपतिले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

      

प्रतिष्ठानको अखिल नेपाल स्वास्थ्य श्रमिक सङ्घका अध्यक्ष चतुरनारायण चौधरीले सरोकारवाला व्यक्ति विदेश भ्रमणमा जाने भएकाले वार्ता प्रक्रियासमेत अन्यौलमा परेको भन्दै आन्दोलनका कार्यक्रमलाई थप सशक्त पारिने बताए । प्रतिष्ठानका उपकुलपति सङ्गीता भण्डारीले भने आफू वैधानिक भएकाले राजीनामा नदिने बताएकी छन् ।

 

यसअघि प्रतिष्ठानका प्राध्यापकहरूले प्रतिष्ठानका लागि नियुक्त शिक्षाध्यक्ष सौम्या भट्टाचार्यप्रति असहमति जनाउँदै उपकुलपति भण्डारी, स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

रमेशप्रसाद तिमल्सिना

 

Lalitpur/November 8

Police have intervened the protest program organized by health workers and staffs of Patan Institute of Health Sciences on November 8.

 

The hospital administration had called police after the agitating staffs tried to padlock the Vice-Chancellor’s (VC), said Dr. Kedar Baral, spokesperson of the struggle committee. Protest the police lathi charge, MBBS students are staging sit-in.

 

Metropolitan police range Jawalakhel said that minor scuffle had taken place but they had not resorted to lathi charge.

 

The agitating doctors and staff have been protesting the appointment of rector from outside despite the availability of capable doctors at the hospital.

 

Prime Minister Baburam Bhattarai had assigned Krishna Hari Baskota, the Secretary at the Prime Minister’s Office (PMO) to hold talks but the agitating staffs have said that they would hold talks only with Minister for health or the Prime Minister.

 

They have said that they would make their protest more strong if the VC Sangita Bhandari did not step down.

Ramesh Prasad Timalsina

0 Comments

Related Reports
Related Trend Analysis