Incident Reports

Police Gets Complaint of Child Marriage

2012-11-09

Lumbini, Arghakhanchi, Bhumekasthan

अर्घाखाँची । कार्तिक २३ गते

ढाकाबाङ गाविस-९ की १३ वर्षीया कल्पना खनाल र खिल्जी गाविस-७ का १९ वर्षीय जीवन नेपालीले उमेर नपुगी विवाह गरेको भन्दै केटीका आफन्तले ०६९ कात्तिक २३ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका छन् ।

 

आरोपितले ०६९ कात्तिक १६ गते सहमतिमा प्रेमविवाह गरेका थिए । प्रेम विवाह भएको थाहा पाएपछि केटीका आफन्त बालविवाह भएको भन्दै विवाह बदर गर्न ०६९ कात्तिक १७ गते प्रहरी चौकी खिल्जीमा निवेदन दिएका थिए । बालिकाका आफन्तले उमर नपुगेका कारण केटीलाई विवाह गरी भगाएको कारण केटालाई कानुनी कारबाही हुनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको बालिकाकी आमाले जानकारी दिइन् ।

 

बालिकाका आफन्तले ०६९ कात्तिक १६ गते प्रहरी चौकी खिल्जीमा निवेदन दिए पनि उनिहरूबीच मेलमिलाप नभएपछि जिल्ला प्रहरी कार्यलयमा पठाएको खिल्जि प्रहरी चौकीले जानकारी दियो । एक वर्षअघि दुवैको सहमतिमा प्रेम विवाह गरेको केटा जीवन नेपालीले बताए ।

 

केटाको २१ र केटीको १८ वर्षपुरा भएपछि मात्र वैधानीक विवाह गर्न कानुनी व्यवस्था छ भने १६ वर्षमुनीका बालिकासँग सहमतिमै भए पनि विवाह भए बदर हुने प्रावाधान रहेको छ ।

नारायण भुसाल

 

Arghakhanchi/November 8

Family of a 13-year-old girl of Dhakabang9 has filed a complaint of child marriage at the District Police Office stating that Jiban Nepali, 19, of Khilji7 had married the girl.

 

The family had filed a case on November 2 demanding that the marriage be dismissed. Jiban had married the girl on November 1.

 

Mother of the girl has demanded action against Jiban saying that he had married an under-age girl.

 

According to the law, a marriage would only be legal if the boy has reached the age of 21 and the girl 18.

Narayan Bhusal

0 Comments