Incident Reports

Man in Illegal Detention Released following INSEC's Initiation

2012-11-08

सिन्धुपाल्चोक । कात्तिक २२ गते

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सात दिनदेखि गैरकानुनी थुनामा राखेका गुम्बा गाविस- बोल्देका ३३ वर्षीय दावादोर्जे तमाङलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा ०६९ कात्तिक २१ गते राति ११ बजे जिल्ला प्रहरी कार्यालयले रिहा गरेको

 

पीडित तामाङलाई ०६९ कात्तिक १४ गते दिउँसो तातोपानी नुहाउन जान लाग्दा सशस्त्र समूह चेवादीको कार्यकर्ता भएको आरोपमा कात्तिके बजारबाट प्रहरीले गिरफ्तार गरेको थियो

 

बिनापूर्जी गिरफ्तारीमा परेका दावालाई कात्तिक १५ गते दिउँसो जिल्ला प्रहरी कार्यालय पुर्‍याएर हिरासतमा राखिएको थियो हिरासतमा राखेको बेला कात्तिक १६ गते राति कात्तिक १७ गते विहान जिल्ला प्रहरी कार्यालयको कोठामा राखेर पाइपको डण्डीले कुटपिट गरेको पीडितले बताए

 

बाटोको म्यादबाहेक २४ घण्टाभित्र न्यायलय पेश गर्नुपर्नेमा त्यसो नगरी गैरकानुनी रुपमा थुनामा राखेकोले इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०६९ कात्तिक २१ गते दिउँसो प्रहरी हिरासत अनुगमन भएको थियो जिल्ला प्रहरी कार्यालयलाई गैरकानुनी रुपमा नागरिकलाई थुनामा राख्नु मानवअधिकार विरोधी काम भएको सुझाव दिएपछि पीडित तामाङलाई रिहा गरिएको हो

नातीबावु धिताल

Sindhupalchok/November 7 Daba Dorje Tamang, 33, of Gumba6 who was held in illegal detention since seven days in District Police Office has been released on November 6 following Initiation from INSEC.

He was arrested on October 30 on charge of being affiliated to underground outfit Chebadi. He said that police had beaten him with iron rods while in detention.

INSEC representative had expressed concern about Tamang's arrest during his detention center monitoring on November 6. He had drawn the attention of the district police office that it was against human rights to keep Tamang in illegal detention.

Police have to present a detainee within 24 hours to the judicial body after arrest.

Natibabu Dhital

0 Comments

Related Reports
Related Trend Analysis