Incident Reports

Socket Bomb Defused

2012-11-12

सप्तरी । कात्तिक २६ गते

राजविराज नपा-३ स्थित गजराज तातेडको केबी हार्डवेयरको गोदाममा फेला परेको बेवारिसे सकेट बमलाई नेपाली सेनाले ०६९ कात्तिक २५ गते निष्कृय पारेको छ । राजविराजस्थित कृष्ण दल गुल्मबाट गएको बम डिस्पोजल टोलीले सकेट बम निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द अधिकारीले जानकारी दिएका छन् । अज्ञात समूहले राखेर गएको सकेट बम ०६९ कात्तिक २४ गते राती फेला परेको थियो । बम कसले किन राखेको हो भन्ने बारे अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए ।

मनोहरकुमार पोखरेल

 

Saptari/November 11

A socket bomb found in the godown of KB Hardware in RajbirajN.P.3 has been defused by Nepal army on November 10.

 

According to DSP Govinda Adhikari of the District Police Office, a bomb disposal team from Rajbiraj-based Krishna Dal Battalion deactivated the Improvised Explosive Device (IED).

 

The bomb left by an unidentified group at the godown owned by Gajraj Tated was found on November 9.

DSP Adhikari said that police was investigation about the group which placed the bomb.

Manohar Kumar Pokharel

0 Comments

Related Reports
Related Trend Analysis