2012-11-30
सोनापुर गाविस-२ निवासी २४ वर्षीय तममुल मियाँलाई इलाका प्रहरी कार्यालय दुहबीले ०६९ मंसिर १३ गते गिरफ्तार गरेको छ । दुहबी गाविस-७ स्थित कपडा सिलाई पसलमा काम गर्ने चाँदबेला गाविस-१ की १७ वर्षीया किशोरीलाई ०६९ मंसिर ११ गते बलात्कार गरेको अरोपमा मियाँलाई प्रहरीले गिरफतार गरेको हो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको दुहबी इलाका प्रहरी कार्यालयले जनाएको छ । मियाँविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान जारी रहेको दुहबी इलाका प्रहरी कार्यालयका सई प्रकाश गुप्ताले बताए ।
सुकदेब चौधरी
Sunsari/November 29
Tamamul Miyan, 24, of Sonapur2 has been arrested by the Duhabi Area Police Office on November 28. Miyan was arrested on charge of raping a 17-year-old girl of Chandbela1 who worked at a tailor in Duhabi VDC on November 27. Police said that the accused was arrested following complaint by the girl. SI Prakash Gupta of Duhabi APO said that a charge rape would be filed against him after investigation.