Incident Reports

No translation available.

2013-02-26

Madhes, Saptari, Mahadeva

सप्तरी । फागुन १५ गते एक १७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा प्रहरीले ०६९ फागुन १५ गते बमनगामा कट्टी गाविस-२ तोपाका ४० वर्षीय हरिनारायण मण्डल खंगलाई गिरफ्तार गरेको छ । राजविराज नपा-३ स्थित सगरमाथा अञ्चल अस्पताल नजिकैको एक निजी क्लिनिकमा ०६९ फागुन १४ गते राति ८ः३० बजे छोरीको जन्म दिई अलपत्र अवस्थामा फेला परेकी पीडित किशोरीले घटना बारेमा बताएपछि आरोपित हरिनारायणलाई घरबाटै गिरफ्तार गरिएको हो । प्रहरीले अनुसन्धानका लागि पीडितकी आमा ३८ वर्षीया कुमारीदेवीलाई समेत ०६९ फागुन १५ गते अस्पताल परिसरबाटै गिरफ्तार गरेको छ । शिशुको ०६९ फागुन १५ गते विहान ९ः३० बजे राजविराजस्थित अस्पतालमा मृत्यु भएको र शवको पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । Saptari / 26 February The police has arrested Hari Narayan Mandal Khang (40) of Bamangamakatti VDC-2, Topa in charge of raping a 17 year old girl and making her pregnant. He was arrested after the victim informed about the incident when found stranded after giving birth to a girl at 8:30 pm at a private clinic close to Sagarmatha Zonal Hospital. The police has arrested Kumaridevi (38), the mother of the victim from the hospital premises for the same.The new borne died at 9:30 am at a hospital in Rajbiraj on the same day and the body has been sent to District Police Office for postmortem.

0 Comments

Related Reports
Related Trend Analysis