Incident Reports

न्याय नपाएको पीडितको गुनासो, Complain of victim of not getting justice

2013-03-04

कैलाली । फागुन २१ गते

नारायणपुर गाविस- ७ लछीनापुरकी ४५ वर्षीया स्थानीय स्वयमसेविका उमा भट्टराईले आफूलाई बोक्सीको आरोपमा सोही ठाउँकी ४५ वर्षीया सोना शाहीले कुटपिट गरेको भनी इन्सेक धनगढीमा जानकारी गराएकी छन् । पीडित भनिएकी भट्टराईले आफूलाई सोना शाहीले बोक्सीको आरोप लगाउँदै घरमा आएर ०६९ फागुन ९ गते कुटपीट गरेको बताइन । प्रहरीले जबरजस्ती घटना मिलापत्र गरेकोले न्यायका लागि पहल गरी दिन इन्सेकमा निवेदन दिएको बताइन् ।

 

पीडक भनिएकी सोना शाही मानसिक रोगी भएको भन्ने बुझ्न आए पछि स्थानिय अगुवाहरू र पीडित पक्षहरूको  सल्लाह सुझावमा ०६९ फागुन १० गते घटना मिलापत्र गरीएको स्थानिय प्रहरी चौकीका असई गौतम चन्दले जानकारी दिए । घटनाका बारेमा पुन छानविन गरी थप आवश्यक प्रक्रिया अगाडि बढाउने असई चन्दले बताएका छन् ।

सुरबहादुर परियार Kailali 4 March Local volunteer Uma Bhattarai from Naranpur VDC-7 informed INSEC Dhangadi that Sona Sahi, 42, from the same VDC, accused her of witchcraft and beat her up. The victim informed INSEC that Sona Sahi came to her house on 20 February and beat her, after which the victim requested INSEC to initiate processes for her to attain justice. SI Gautam Chand informed that the victim is a mental patient and local leaders and people from the victims’ side had reached a compromise. SI Gautam Chand also informed that they will conduct further investigation.

0 Comments

Related Reports
Related Trend Analysis