Incident Reports

No translation available.

2013-03-05

Rautahat Jillama 5wata yuwati ko prahari dwara uddhar. रौतहट । फागुन २२ गते नेपाल लगायत भारतका विभिन्न स्थानमा प्रदर्शन गर्न आर्केष्ट्रा नाचमा जान लागेका पाँच युवतीलाई ०६९ फागुन २० गते राति प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका युवतीहरूमा मकवानपुर, नुवाकोट, बारा, भारत र एक ठेगाना नखुले की क्रमशः एक १९ र २० वर्षीया चार जना गरी पाँच युवतीहरू रहेको महिला तथा बालबालिका सेवा केन्द्र रौतहटका प्रहरी इन्स्पेक्टर रूपा लावुङ्गले बताइन् । रौतहटको गरूडा बजारस्थित एक घरमा ती युवतीहरूलाई राखिएको सूचनाको आधारमा प्रहरीले सो घरमा छापा मार्दा युवतीहरू फेला परेको इन्स्पेक्टर लावुङ्गले बताइन् । युवतीहरूले दिएको बयानको आधारमा उनीहरू आफ्नो स्वेच्छामा आर्केष्टा नाचमा हिँडेको बताएपनि उनीहरू बेचबिखनको उच्च जोखिममा पर्न सक्ने सम्भावना रहेकोले मनोसमाजिक मनोविर्मश सेवा प्रदान गरी अभिभावकलाई जिम्मा लगाइने उनले बताइन् । हाल युवतीहरूलाई जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रको सुरक्षित आवास भवन गरूडामा राखिएको छ । बिपिन गौतम Rautahat/March 5

Police have rescued five women on March 3 while they were on way to perform Orchestra dance in different places of India and Nepal. The rescued women are between the ages of 19- 20 and hail from from Makwanpur, Nuwakot, Bara, India while identity of one is unknown, according to Police inspector Rupa Lawung of Women and Children Service Centre, Rautahat.

 

The women were rescued from the house at Garuda Bazar of Rautahat following a tip-off. The women claimed that they were traveling in the orchestra dance team on their own will, however, the inspector said that they might be in a risk of women trafficking. He said the women would be handed over to the family after counseling. The victims were kept in a building of Women and Children Service Center of the District police office.

Bipin Gautam

0 Comments