Incident Reports

No translation available.

2013-03-05

Gandaki, Gorkha, Palungtar

Pati dwara kutpitgari ghar nikala bhayeki Sita Thakuri,Gorkha jilla sadarmukamma alapatra. गोरखा । फागुन २२ गते पतिले कुटपिट गरेर घर निकाला गरेपछि पालुङटार गाविस-४ बट्टडाँडाकी २८ वर्षीया सिता ठकुरी ०६९ फागुन २० गते देखि सदरमुकाममा छिन् । ३० वर्षीय पति गोविन्द भनिन मनोज ठकुरीको कुटपिटबाट घाइते भएपछि प्रहरीमा उजुरी दिन आएकी उनी जाहेरी लेख्ने र औषधी उपचार गर्ने रकम नहुँदा समस्यामा परेकी छिन् । प्रहरीमा जाहेरी दर्ता गराउन नसक्दा उनी तीन देखि सदरमुकाममा नै बसेकी हुन् । ०६९ फागुन १९ गते राति पतिले कुटपिट गरेको उनले जानकारी दिइन् । कुटपिटबाट उनको टाउको, निधार, आँखा र हात र खुट्टामा चोट लागेको छ । सिताको शरीरको विभिन्न भागमा निलडाम छ भने हातखुट्टा पनि सुन्निएको छ । माईतबाट ल्याएको पैसा र मोबाईल नदिँदा पतिले कुटेको पीडित महिलाले बताइन् । जिल्ला प्रहरी कार्यालयको अनुरोधमा गोरखा अस्पतालमा निःशुल्क घाउ जाँच गरेर जाहेरी दर्ता गर्न उनी सदरमुकाम बसेकी हुन् । गोरखा अस्पतालले थप उपचारका लागि रिफर गरेपनि रकम अभावमा उपचार गर्न जान नसकेको उनले बताइन् । प्रहरी इन्स्पेक्टर गौतम मिश्रले पीडितको मौखिक उजुरी पछि पिडकको खोजी भई रहेको जानकारी दिए । Gorkha/March 5

Sita Thakuri, 28, of Bhattadanda in Palungtar4 has been staying in the district headquarters since March 3 after her husband beat an expelled her from home.

 

She had arrived at the district headquarters to file a complaint against her husband Manoj Thakuri alias Govinda, 30. Due to lack of money she has not been able to filed the complaint and undergo treatment.

She said that Manoj beat her on March 2 for not giving him the money and mobile phone she brought from her maternal home. The victim has sustained injuries to her head, eye, hand and leg.

 

The District Police Office has requested Gorkha hospital to conduct free medical check-up of the victim, however, the hospital referred her to another hospital with better facility.

 

Inspector Gautam Mishra said that search for the accused has been ongoing following a verbal complaint of the victim.

Sudip Kaini

0 Comments

Related Reports
Related Trend Analysis