Incident Reports

No translation available.

2013-03-04

पाँचथर । फागुन २२ गते

ताप्लेजुङ जिल्ला पेदाङ गाविस­-३ घर भइ हाल पाँचथर जिल्ला ओयाम गाविस-६ मा बस्दै आएकी ३५ वर्षीया चन्द्रकुमारी लिम्बूलाई हत्या गरेको आरोपमा पति ३० वर्षीय असोकसिं लिम्बूलाई प्रहरीले ०६९ फागुन २१ गते गिरफ्तार गरेको छ । मृतकको माइतीपक्षले ०६९ फागुन २० गते उजुरी दिएको आधारमा आरोपितलाई गिरफ्तार गरेको हो । मृतकको लास ओयाम गाविस-२ खामाङ्खूका जङ्गलमा स्थानीयबासीले भेटाएका थिए । हात खुट्टा र शरीरको विभिन्न भागमा चोटपटक रहेको स्थानीयबासीले बताएका छन् । मृतकको पाँचथर जिल्ला अस्पतालमा पोष्टमार्टम भएको छ । घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर गोपालप्रसाद ढकालले बताए । सन्दीप राई

Panchthar/March 5

Ashok Singh Limbu, 30, of Pedang3, Taplejung living in Oyam6 has been arrested by the police on March 4 on charge of murdering his wife Chandra Kumari Limbu, 35.

 

The accused was arrested by the police based on the complaint lodged by the family of the victim. The dead body of the victim was found by the locals near the jungle of Khamankhu in Oyam2. The body had bruises according to the locals. The postmortem of the body was performed in the District hospital of Panchthar.

 

The incident is under investigation, according to the Inspector Gopal Prasad Dhakal.

Sandeep Rai

0 Comments

Related Reports
Related Trend Analysis