Incident Reports

बालिकाको यौनशोषण गरेको आरोपमा शिक्षक गिरफ्तार l Assistant Principal Arrested for Sexually Exploiting Girl

2013-03-05

Province 1, Morang, Belbari

 

मोरङ । फागुन २३ गते

 

एक १६ वर्षीया बालिकालाई यौनशोषण गरेको आरोपमा बेलबारी गाविस-१ निवासी सगरमाथा इङ्लिस स्कुलका सहायक प्रिन्सिपल २५ वर्षीय गणेश दुलाललाई ०६९ फागुन २२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय बेलबारीमा फागुन २२ गते नै उजुरी दिएको छ ।

 

प्रहरीले आरोपितलाई म्याद थपका लागि ०६९ फागुन २३ गते जिल्ला अदालतमा पेश गरेको इलाका प्रहरी कार्यालय बेलबारीका निमित्त प्रमुख चोलेन्द्र अधिकारीले बताए । आरोपितले पीडितलाई १३ वर्षको उमेरदेखि डरत्रास देखाएर यौनशोषण गर्दै आएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार आरोपितले ०६९ फागुन ३ गते प्रणय दिवसका अवसरमा पीडितलाई बोलाएका थिए । पीडितले अस्वीकार गरेपछि आरोपितले पीडितको नाङ्गो तस्वीर फेसबुकमार्फत सार्वजनिक गरेका थिए । घटना सार्वजनिक भएपछि पीडितको परिवारले थाहा पाएको थियो ।

 

पीडितलाई खानेकुरामा लठ्याउने औषधि हालेर पीडितको नाङ्गो तस्वीर आरोपितले खिचेको थिए । सो नाङ्गो तस्वीर सार्वजनिक गर्ने धम्की दिंदै आरोपितले पीडितलाई यौनशोषण गर्दै आएका थिए । यसअघि ती बालिकालाई आरोपितले सगरमाथा इङ्लिस स्कुलमा पढाउने गरेका थिए । उनी सो स्कुलबाट पास भएर अहिले एक उच्च मावि कक्षा-११ मा अध्ययरत रहेकी छन् । दीपेन नेउपाने

 

Morang/March 6

Police have arrested assistant principal of Sagarmatha English School on March 5 on charge of sexually abusing a 16-year-old girl.

 

Ganesh Dulal, 25, of Belbari1 was arrested following a complaint filed the victim's family at the Area Police Office Belbari.

 

Acting chief of the APO Belbari Cholendra Adhikari said that the accused was presented before court on March 6 to extend his judicial remand. Police said that the accused had been sexually exploiting the girl since she was 13.

Dipen Neupane

0 Comments

Related Reports
Related Trend Analysis