Incident Reports

Abandoned Socket Bomb Defused.

2013-03-11

Bagmati, Chitawan, Rapti

 

चितवन । फागुन २९ गते

 

वीरेन्द्रनगर गाविस-२ स्थित नवराज पौडेलको करेसाबारीमा ०६९ फागुन २८ गते अपरान्ह ४.३० बजे एक बेवारिसे सकेट बम फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल कक्षबाट दिइएको जानकारी अनुसार पौडेलको करेसाबारीमा बेवारिसे अवस्थामा बम रहेको प्रहरीलाई जानकारी प्राप्त भएपछि एसपी दीपककुमार थापाको पहलमा भरतपुरमा रहेको शम्शेरदल गणको बम डिस्पोजल टोलीले साँझ ७.१५ बजे सो बम डिस्पोज हो ।

 

इलाका प्रहरी कार्यालयका खैरहनीका प्रहरी निरीक्षकको नेपाल प्रहरीको टोली पनि डिस्पोजल टिममा रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर टंक भट्टराईले इन्सेकलाई बताए । सो बम कस्तो अवस्थामा थियो भन्ने कुरा आफूलाई जानकारी नभएको उनले भने ।

 

सकेट बमसम्बन्धी जानकारी प्राप्त भएपछि एसपी दीपककुमार थापा आफैंले डिल गरेको र सो सम्बन्धी थप जानकारी आफूहरूलाई थाहा नभएको सोही कार्यालयका इन्स्पेक्टर बिष्णु गोविन्द थापाले इन्सेक जिल्ला कार्यक्रम संयोजक मुकुन्द दहाललाई बताए ।

 

Chitwan/March 12

Nepal Army has defused an abandoned socket bomb found in the field belonging to Nabaraj Paudel at Birendranagar2 on March 11.

 

According to the control room of the District Police Office (DPO), bom disposal team from the Bharatpur-based Shamsherdal battalion defused the Improvised Explosive Device (IED) at around 7.15 pm.

 

Chief District Officer (CDO) Himnath Dawadi said that bomb disposal team was sent to the site after he was informed about the explosive device by the locals. He said that the locals informed him that the bomb abandoned during the conflict was found in a banana field near Paudel's house.

INSEC District Office

0 Comments

Related Reports
Related Trend Analysis