Incident Reports

Couple Arrested for Polygamy.

2013-03-12

Bagmati, Makawanpur, Makawanpurgadhi

 

मकवानपुर । फागुन २९ गते

 

बहुविवाह गरेको आरोपमा प्रहरीले एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

आमभन्ज्याङ गाविस ४ का ३९ वर्षीय विष्णु भन्ने भेषराज बजगाई र ३४ वर्षीया सुशीला रिजाललाई प्रहरीले बहुविवाह गरेको आरोपमा पक्राउ गरेको हो ।

 

बजगाई र उनको कान्छी पत्नी सुशीलालाई चितवनको प्रहरीले पक्राउ गरी कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय हेटौडामा ०६९ फागुन २९ गते पठाएको हो ।

 

सुशीलाको माइती चितवन भएकाले भेषराज पनि दोस्रो विवाह गरेपछि जेठी पत्नी र छोराछोरीलाई छाडेर उतैतिर बस्दै आएका थिए । पति र सौता चितवनमा बस्दै आएको जानकारी पाएपछि लक्ष्मीले बहुविवाह गरेको आरोपमा उनीहरूलाई कानुनी कारवाही गरी पाऊँ भनी जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् ।

 

बजगाईले गत असार महिनामा सुशीलासँग दोस्रो विवाह गरेका थिए । लक्ष्मीको साथमा अहिले दुई छोरा र एक छोरी छन् । प्रताप विष्ट

 

Makawanpur/March 12

Police have arrested Bheshraj Bajgain alias Bishnu, 39, and Sushila Rijal, 34, of Ambhanjyang4 on charge of polygamy.

 

Bajgain and his second wife were arrested by Chitwan police and handed over to the District Police Office Hetauda on March 12.

 

Bajgain was staying with his second wife in her maternal home in Chitwan following the marriage. His first wife Lakshmi had filed a complaint at the DPO Chitwan demanding action against them.

 

Bajgain and Sushila got married on March nine months ago. Lakshmi has two sons and a daughter.

Pratap Bista

0 Comments

Related Reports
Related Trend Analysis