Incident Reports

Abducted Girl Rescued by police

2013-03-11

Province 1, Morang, Belbari

 

मोरङ । फागुन २९ गते

 

चार दिनअघि अपहरित डाँगीहाट गाविस-५ की सात वर्षीया अञ्जु राईलाई ०६९ फागुन २८ गते झापा जिल्लाको तोपगाछीबाट प्रहरीले उद्धार गरेको छ । उद्धारपछि बालिकालाई उनका बाबु जीवन राईको जिम्मा लगाइएको छ ।

 

बालिकाको उद्धारसँगै प्रहरीले अपहरण घटनाका आरोपित झापा जिल्ला गौरीगञ्ज गाविस-९ का ३५ वर्षीय शङ्कर तामाङलाई गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका निमित्त प्रमुख सई चोलेन्द्र अधिकारीका अनुसार, आरोपितले पीडितलाई ०६९ फागुन २५ गते डाँगीहाट गाविसबाट अपहरण गरेका थिए । छिमेकी जमुना दर्जीको विवाहमा गएको समयमा आरोपितले बालिकालाई चकलेट दिएर ललाइफकाइ अपहरण गरेका थिए । अपहरणको कारण खुल्न सकेको छैन । आफ्नै छोरीजस्तो लागेर लगेको आरोपितले प्रहरीसँगको बयानमा भनेका छन् । आरोपितलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । पीडितपक्षले बालिका बेपत्ता भएकै दिन प्रहरीमा उजुरी दिएको थियो ।

 

Morang/ March 12

Anju Rai, 7, of Dangi Haat5 who has been abducted four days ago, has been rescued by the police on March 11 from Toop Gachhi of Jhapa. The victim has been handed over to her father Jeevan Rai by the police after the rescue.

 

Police have arrested Shankar Tamang, 35, of Gauri Gunj9 immediately after the rescue on charge of his involvement in the incident.

 

According to SI Chalendra Adhikari of Area Police Office, Belbari, the Tamang abducted the victim on March 8 from Dangi Haat VDC. He abducted the girl by luring her with a chocolate while she was attending a marriage ceremony of the neighbor Yamuna Darji.

 

The purpose of the abduction is not known. The victim’s family had lodged a complaint at the police office on the same day the girl was abducted.

Dipen Neupane

0 Comments

Related Reports
Related Trend Analysis