Incident Reports

Student critical after teacher's beating

2016-08-08

Sudurpashchim, Bajhang, Kedarseu

A student at Bhairavnath Higher Secondary School in Jhota-8, Bajhang is critical after her teacher allegedly hit her in the head. Deepa Karki has been admitted to a hospital in Dhangadhi after the incident. The girls brother, Indra, claimed his sister was beaten by teacher Dhurba Shahi. The school, however denied the charge and said she had collapsed while playing with her friends. शिक्षकको कुटाईबाट एक छात्रा बेहोस भएकी छन । भैरवनाथ उच्च माध्यमिक विद्यालय झोतामा ८ कक्षामा अध्ययनरत छात्रा दिपा पार्कीलाई विद्यालयका शिक्षक धुव्र शाहीले पिट्दा उनी बेहोस भएकी परिवारले दावी गरेका छन् । बेहोस भएकी उनको धनगढीस्थित पद्मा अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सुधार भैरहेको उनका दाजु इन्द्र पार्कीले जानकारी दिनुभयो । कक्षामा हल्ला गरेको भन्दै शिक्षक धुब्र शाहीले दिपाको तालुमा एक मुडकी हानेपछि उनको टाउको बेन्चमा ठोक्किएको र उनी बेहोस भएको दिपाका सहपाठीहरुले जानकारी दिएका छन् । छात्रा बेहोस भए पछि विद्यालयले नै तत्काल गाडी खोजेर उनलाई उपचारका लागी धनगढी पठाएको थियो । उपचारका लागि सहयोग गर्न भन्दै विद्यालयकै शिक्षक विनोद थापालाई पनि सँगै पठाएको छ भने छात्राका दाजु र आमा पनि छात्राको उपचारको लागी धनगढी गएका छन । विद्यालयले भने छात्रा आफै बेहोस भएको र पहिला पनि उनी वेहोस हुने गरेको बताएको छ । ‘दिपाको पहिले नै टाउकोमा चोट लागेको रहेछ त्यै भएर उनी पहिला पनि बेहोस हुने गर्थिन’ विद्यालयका प्राचार्य गणेश बोहराले भन्नुभयो ‘खेल्ने क्रममा बेहोस भएकी हुन । कुनै शिक्षकले पिटेको छैन । यो हल्ला मात्र हो ।’ तर छात्राका दाजु इन्द्रले भने शिक्षक कै कुटाइबाट आफ्नो बहिनी बेहोस भएको र उनको टाउकोमा पहिला कुनै पनि चोट नलागेको दावी गर्नुभएको छ । पढन गएका विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गर्नु नराम्रो भए पनि उपचारको सबै खर्च विद्यालयले व्यर्होने भएपछि आफूले कारवाहीको लागि कतै उजुरी नगर्ने पार्की परिवारले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1

0 Comments