Incident Reports

Son, daughter-in-law thrash mother for practicing 'witchcraft'

2016-08-10

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 16

A 69-year-old Sumitra Khatri of Armala-6 in Kaski has been taking shelter at an old age home after her son and daughter-in-law allegedly forced her to leave the house accusing her of practicing witchcraft. Karki said she left the house after her son and daughter-in-law thrashed her calling a 'witch'. "I tolerated physical and mental torture for the past four years. My daughter-in-law Basanti had pressured my son to either transfer ownership of the land in her name or sell the land," said Sumitra. After she refused to transfer the ownership of land, they [son and daughter-in-law] started mistreating with her, according to Khatri. Khatri said that her son and daughter-in-law did not permit her to meet relatives and neighbors for a long time. "I used to flee home when disputes aroused and returned again later. Now I will never go back," said Khatri. Khatri was rescued with the assistance of advocate Shova Paudel and sent to Watsyan old age home in the district on Wednesday. However, Sumitra's son Ram Bahadur claimed that he never treated his mother badly. Ram Bahadur has been working as a security guard at a local school in Pokhara. बोक्सीको आरोपमा आफ्नै छोरा बुहारीको यातना दिएपछि अर्मला–६ डिहीकी ६९ वर्षीया सुमित्रा खत्री घर छाडेर बृद्धाश्रमको शरणमा पुगेकी छन् । बोक्सी भन्दै छोराले कुटेपछि घर छाडन बाध्य भएको उनले बताएकी छिन् । तेह्र वर्षअघि श्रीमानको मृत्यु भएपछि उनी छोराबुहारीकै भरोसामा बसेकी थिइन् । सुरुमा राम्रो व्यवहार गरेका उनीहरूले चार वर्षयता बोक्सीको आरोपमा मानसिक र शारीरिक यातना दिन थालेपछि घर छाड्नु पर्ने अवस्था आएको उनले बताइन । श्रीमान नरबहादुरको नाममा अर्मलामै साढे १९ रोपनी जग्गा थियो । बाबुको निधनपछि आमालाई झुक्याएर छोरा रामबहादुरले १८ रोपनी जग्गा आफनो नाममा पास गराए । डेढ रोपनी जग्गा आमा र छोराको नाममा संयुक्त थियो । उक्त जग्गा बुहारी बसन्तीले नामसारी गरिदिन वा जग्गा बिक्री गर्न दवाव दिँदै आएकी थिइन् । तर, सुमित्राले मानिनन् । त्यसपछि उनले दैनिकजसो छोरा बुहारीको नराम्रो गाली खानु पर्थ्यो । ‘म बुढी भइसकें मरेपछि तिमीहरुले नै सम्पत्ती खाने हो बाँचुञ्जेलसम्म डेढ रोपनी जग्गा मेरै नाममा राख्न देउ भन्दा उल्टै छोरा र नातिनीले त बोक्सी होस् भन्दै कुटपिट गरे,’ उनले भनिन्, ‘दुई वर्षअघि छोराले घरमा जम्मा भएका दुई चार जना छिमेकीकै अगाडि टाउकोमा नराम्ररी हान्यो । लामो समय निधार सुन्नियो । नातिनीले पनि कुटी । रुँदै बसेँ । खानपिनमा वास्ता गरेनन् । ज्यान जोगाउनै गाह्राो भयो ।’ गाली गर्न नछाडे पनि घरमै बसेकी उनले यातना उग्र भएपछि घर छाड्नुको विकल्प नभएको बताइन् । उनले भनिन् ‘बारम्बार बोक्सी भन्दै गाली गरे । सानो कोठामा राखेर बोक्सी हो भन्दै इष्टमित्र र छिमेकीलाई समेत भेटघाट गर्न दिएनन् ।’ गाली धेरै गरेपछि नातेदार कहाँ बस्न गइन् । ‘आफैंले जन्माएको छोरो त हो, अब त गाली नगर्ला भन्दै केही दिनपछि घरमा आउँथे, पिटेपनि गाली गरेपनि मेरो मन छोरातिर फर्कियो तर, छोराको मन मतिर फर्किएन’, उनले भनिन्, ‘डरत्रासमा बस्न सकिँन । जीवनभर दु:ख गरेर जोरेको सम्पती माया मारेर घर छाडें । अब कहिल्यै घर फर्किन्न ।’ अधिवक्ता शोभा पौडेलको सहायतामा स्थानीय रेडियो जननीमा गुहार माग्न आएकी खत्रीलाई बुधवार पोखराकै वात्स्यान वृद्धाश्रममा लगिएको छ । नेपाली सेनाबाट अवकास प्राप्त भएपछि पोखराको एक विद्यालयमा सुरक्षागार्डमा कार्यरत उनका छोरा रामबहादुरले घर परिवारमा झैंझगडा भएपनि आमालाई दुर्व्यवहार नगरेको दाबी गरेका छन् । वात्स्यान वृद्धाश्रमका अध्यक्ष बोधबहादुर कार्कीले खत्रीलाई ‘आमाजस्तै सम्मान गरेर खुसी बनाएर राख्छु । वृद्धाश्रममा अर्की आमा थपिनुभयो ।’ वृद्धाश्रममा हाल १४ जना वृद्धवृद्धा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Secondary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth

0 Comments