Incident Reports

पारिवारिक हिंसामा पत्नीको हत्याl

2013-03-11

पर्वत । फागुन ३० गते

कुर्घा गाविस-३ का ५१ वर्षीया विष्णुकुमारी क्षेत्रीको पति ५७ वर्षीय गोविन्दबहादुर क्षेत्रीले कुटपीट गरी हत्या गरेको आरोपमा आरोपितलाई प्रहरीले फागुन २६ गतेदेखि लागू हुने गरी २८ गते अदालतमा उपस्थिति गराई म्याद थप गरी हिरासतमा राखेको छ ।

प्रहरीले पोष्टमार्टम रिपोर्ट र प्रहरी प्रतिवेदनका आधारमा आरोपितलाई फागुन २६ गते गिरफ्तार गरेको हो । पीडितका छोरा सुर्यबहादुर केसीले फागुन २६ गते पीडित महिला आफ्नी आमा भएकीले सतगत्का लागि शव पाऊँ पनि प्रहरीमा निवेदन दिएपछि लाश जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जनायो । घटनाको अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्याम अर्यालले बताए ।

प्रहरीलाई स्थानीय बासिन्दले ०६९ फागुन २५ गते पति पत्नीका बीचमा झगडा भएको र २६ गते दिउँसोसम्म पनि पीडितलाई घरबाट बाहिर नदेखिएको कारण प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा ओछायानमा मृत अवस्थामा विष्णुको शवको भेटिएपछि पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पतालमा ल्याई पोष्टमार्टम गराएको थियो । के कारणले पत्नी विष्णुको हत्या गरिएको हो, खुलेको छैन ।

मृतकको अनुहार र टाउकोमा गम्भीर चोट लाग्नुका साथै करङ्गसमेत भाँचिएको, घुँडा, कुहिना, टाउकोको पछाडि, निधार, छाति लगाएतका अङ्गमा चोट लागेको थियो ।

स्थानीयबासीका अनुसार दम्पत्तीले दिनहुँ मादक पदार्थ सेवन गरी झगडा र एकापसमा कुटाकुट गरिरहने र पतिले कुट्ने र पत्नीले ढोका नखोल्ने क्रियाकलाप विगत लामोसमयदेखि गरिरहने उनीहरूको बानीनै परेको थियो ।

हत्मा संलग्न आरोपित गोविन्द कुर्घा गाविसका पूर्व अध्यक्ष समेत रहेको स्थानीय उदय लम्सालले बताए । मृतकका चार छोरामध्ये दुई जना प्रहरी सेवामा छन् भने दुई जना भारतमा रोजगारीका लागि गएका छन् l

Parbat/March 13 A man has been remanded into custody following the district court order on March 11 on charge of killing his wife.

Govinda Bahadur Chhetri, 57, of Kurgha3 was arrested on March 9 on charge of beating his wife Bishnu Kumari Chhetri, 51, to death. He was arrested on the basis of the post-mortem report and the police report.

The District Police Office (DPO) had handed over the deceased's body to her son on March 9.

Locals had informed the police after Bishnu Kumari did not appear in the locality till afternoon on March 9. The couple had dispute the previous day.

Police had found her body in the site. She had severe injuries to various parts of the body, including face and head and her ribs were fractured.

Madhav Raj Pandeya

0 Comments

Related Reports
Related Trend Analysis