Incident Reports

Journo intimidated for publishing news on taking bribe

2016-08-21

Gandaki, Tanahun, Byas, Ward 1

Journalists of the district have objected on intimidation by acting chief district officer of Tanahu, Shisir Paudel, to journo SB Nepali,40 of Byas Municipality-1 on charge of writing news against District Administration Office. While releasing a press statement on August 21, various media related organisation of the district have condemned the action of acting CDO Paudel. The acting CDO had intimidated journo Nepali over the news published in Lokwani Daily on heading “ Rs 2000 bribe to find passport number”. Nepal Press Union, Press Center and Nepal Press Society have jointly released a press statement condemning the intimidation by acting CDO Paudel and further appealed to be more serious on journalist’s security. The press release also requested to respect right to information. गोरखा जिल्ला घर भइ हाल व्यास नपा-१ बस्ने ४० वर्षीय पत्रकार एसबी नेपालीलाई जिल्ला प्रशासन कार्यालय विरुद्धको समाचार लेखेको आरोपमा तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले कारबाही गर्ने धम्की दिएको घटनाप्रति तनहुँका पत्रकारहरूले आपत्ति जनाएका छन् । पत्रकारका विभिन्न सङ्घसंगठनले भदौ ५ गते संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरी पत्रकार नेपालीलाई कारबाही गर्ने सहायक प्रजिअको धम्कीको निन्दा गरेका छन् । दमौलीबाट प्रकाशन हुने लोकवाणी दैनिकमा भदौ २ गते प्रकाशित ‘राहदानी नम्बर खोज्न दुई हजार घुस’ शीर्षकको समाचार प्रकाशित भएपछि सहायक प्रजिअ पौडेलले प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्ने ९८५६०६७७७७ नम्बरको मोवाईलबाट भदौ ३ गते लोकवाणी दैनिकका सम्पादकलाई फोन गरी उक्त पत्रिकाका सम्वाददाता नेपालीलाई कारबाही गर्ने धम्की दिएको पीडितले बताए । आफ्नो कार्यालयका कर्मचारीले घुस लिएको समाचार पत्रिकामा प्रकाशित भएपछि उक्त घुसको बारेमा आन्तरिक छानबिन गरी घुस खाने कर्मचारीलाई कारबाही गर्नु पर्नेमा सहायक प्रजिअ पौडेलले पत्रकारलाई कारबाही गर्ने धम्की दिएको भन्दै नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाल र नेपाल प्रेस सोसाईटीले संयुक्त विज्ञप्ति निकालेर सहायक प्रजिअको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै उनलाई माफी माग्न र पत्रकारको सुरक्षाप्रति गम्भीर बन्न अपिल गरेका छन् । विज्ञप्तिमा पत्रकारलाई निर्वाध रूपमा समाचार सङ्कलन र लेख्न पाउने अधिकारको सम्मान गर्न अनुरोध गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown

0 Comments