Incident Reports

Suspicious Death of Woman, Complaint Lodged

2013-03-12

Lumbini, Bardiya, Thakurbaba

 

बर्दिया । चैत १ गते

 

नेउलापुर-८ तिनघरूवाकी १९ वर्षीया रन्जना योगी थारूको घरभित्रै रहस्यमय तरिकाले मृत्यु भएपछि माईती पक्षले घरपरिवारले हत्या भएको भन्दै ०६९ फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जोहरी दर्ता गराएका छन् ।

 

आत्महत्याबाट मृत्यु भएको बताएपनि मृतकको शव घरभित्रै भुईमा लडेको अवस्थामा भेटिएको थियो । मृतक महिलाको शव हेर्दा घाँटी, कान र ढाडमा चोट देखिएको र आत्महत्या गर्न प्रयोग गरिएको सलमा पनि कुनै दाग नदेखेपछि रहस्यमय तरीकाले हत्या भएको भन्दै माईती पक्ष र स्थानियबासीले हत्याको आशंका गरेका हुन् । इलाका प्रहरी कार्यालय भुरीगाँउका अनुसार ०६९ फागुन २३ गते बेलुका आफ्नै घरको कोठाभित्र झुण्डिएर आत्महत्या गर्ने क्रममा छटपटाईरहेका बेला सल फुकालेर बचाउन खोज्दा ज्यान गएको सासु र जेठानीले बताएको प्रहरीले जनाएको छ ।

 

रहस्यमय ढङ्गबाट रन्जनाको हत्या भएकाले सत्य तथ्य बाहिर ल्याई हत्यामा संलग्नलाई कारबाही गर्नु पर्ने नारी एकता शक्ति केन्द्रकी पुर्व अध्यक्ष मेनका पोखरेलले बताइन् । प्रहरीले सासु ५४ वर्षीया आशी थारू, ससुरा ६१ वर्षीय छोटेलाल थारू, जेठानी २५ वर्षीया मन्तनी थारू र ज्वाई ३० वर्षीय भोजलाल थारूलाई ०६९ फागुन २४ गते पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

 

मृतकको शव हेर्दा घाँटी, कान र ढाडमा चोट देखिएपछी माईती पक्षको पहलमा प्रहरीले सासु, ससुरा र जेठानीलाई पक्राउ गरेको हो । घटना प्रकृति र मुचुल्का अनुसार पक्राउ परेकाहरू सँगको सोधपुछ, अनुसन्धानमै रहेको, हत्यामा घरपरिवारको सङ्लग्न भए नभएको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने डीएसपी यमुना रजकले बताए । ०६९ भदौमा बिहे भएको मृतक रन्जनाका पति बैदेशिक रोजगारका लागि बिदेश गएका छन् ।

 

Bardiya/ March 14

The family of Ranjana Yogi, 19, of Tin Gharuwa in Neula Pur8 has lodged an FIR at District police office on March 12 after her body was found inside home in suspicious condition. The parents of the victim have accused that her in-laws killed her.

 

Body of Ranjana was found lying on the floor though her parents-in-laws said that she had committed suicide. The locals suspected that she might have been murdered as she had bruises in her neck, ear and back.

 

Her mother-in-law and sister-in-law had given statements to the police that she died after they lay her down on the floor.

 

Police arrested mother-in-law Aashi Tharu, 54, father-in-law Chhotelal Tharu, 61, sister-in-law Manthani Tharu, 25, and brother-in-law Bhojlal Tharu on March 7.

 

DSP Yamuna Rajak said that details would be known once the post-mortem report of the deceased comes out.

 

Husband of the deceased is overseas for employment.

Man Bahadur Chaudhary

0 Comments

Related Reports
Related Trend Analysis