Incident Reports

Seven Arrested on Suspicion of Raping Woman

2013-03-14

Bagmati, Chitawan, Rapti

 

सुर्खेत । चैत १ गते

 

वीरेन्द्रनगर नगरपालिका ४ कालागाउ नजिकैको जंगलमा डोटी घर भएकी ४५ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आशंकामा प्रहरीले सात जनालाई गिरफ्तार गरी अनुसन्धान थालेको छ ।

 

फागुन २८ गते राति वीरेन्द्रनगर-३ स्थित माईतीघरमा आएकी महिला छिमेकी टेकबहादुर सुनारको छोराको विहेमा गएर फर्किने क्रममा सात जनाको संख्यामा आएका युवाहरूले नजिकै रहेको झाँडीमा लगी पालै पालो बलात्कार गरेको बलात्कृत महिलाले बयानमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयका एसपी विश्वनिरञ्जन प्रधानले बताए । मदिरा सेवन गरेका ती युवाहरूले पालैपालो बलात्कार गर्दा ती महिला घटनास्थलमै बेहोश भएकी पनि उनले बताए ।

 

घटनामा सङ्लग्न रहेको आशंकामा प्रहरीले सात जना स्थानीय युवाहरूलाई पक्राउ गरेको छ । पीडित फागुन २९ गते जिल्ला प्रहरी कार्यालयमा कपडा च्यात्तिएको र घाँटी लगायतका ठाँउमा निलडाम भएको अवस्थामा पुगी आफू बलात्कृत भएको मौखिक जानकारी दिएको आधारमा शंकास्पद सात जनालाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको र दोषी पत्ता लगाई छाड्ने एसपी प्रधानले जानकारी दिए ।

 

बलात्कृत महिलाका दुई छोरा र तीन छोरीका साथ उनका पति भने डोटीमै रहेका छन् ।

 

यसै सातामात्र पश्चिम सुर्खेतको वावियाचौरका ६२ वर्षीय वृद्ध ४ वर्षीया आफनै नातिनीलाई घरनजिकैको गोठमा मुख थुनेर र विद्यापुर-७ का एक १६ वर्षीय नाबालकले सोही ठाँउकी छ वर्षीया बालिकालाई बलात्कार गरेको सहित जिल्लामा तीन ओटा बलात्कारका घटना भएका छन । दुर्गा थापा

 

Surkhet/ March 14

Seven people have been arrested by the police on suspicion of their involvement in the rape of a 45-year-old woman near the jungle in Kalaguan of Birendra NagarN.P.4.

 

The victim was raped by the group of seven people while she was returning home after attending a marriage ceremony of her neighbor, according to SP Bishwo Niranjan Pradhan of District Police Office. The victim was unconscious after the group in inebriated condition raped her.

 

The police have arrested seven locals on charge of their involvement in the incident. The victim lodged a complaint on the same day at police office. She was in her torn clothes and had bruises on her body when she filed the complaint, according to Pradhan. He further said that the investigation into the incident is underway.

 

The victim has two sons and three daughters.

Durga Thapa

0 Comments

Related Reports
Related Trend Analysis