Incident Reports

Woman Threatened, Expelled from Home

2013-03-16

पर्वत । चैत ३ गते पाखापानी गाविस-१ की डिलकुमारी क्षेत्रीलाई पति शेरबहादुर क्षेत्री लगायतका सदस्यहरूले मार्ने धम्कीसहित घरवाट सामानसहित निकाली दिएको भनी पीडितले जिल्ला प्रहरी कार्यलय पर्वतमा ०६९ चैत ३ गते उजुरी दर्ता गरेकी छिन् । पति शेरबहादुर क्षेत्री, सासु लक्ष्मीकुमारी क्षेत्री, जेठाजु फणिन्द्र क्षेत्री र जेठानी दिलकुमारी क्षेत्री मिली घरमा बसे मार्ने सम्मको धम्की दिँदै बस्ने गरेको कोठाबाट गल्हत्याउँदै घरबाट निकालेको पीडितले उजुरीमा उल्लेख गरेकी छिन् । पति शेरबहादुर क्षेत्रीसँग ०६६ वैशाख ६ गते मागी विवाह भएको हो । पति शेरबहादुर विवाह लगत्तै दुबई गएको र २८ महिना पछि घरमा आएका अवस्थामा पनि हेला गरिरहेको अवस्था रहेको थियो । घरमा बस्न नदिएपछि समाजले मिलाउन नसकेपछि इलाका प्रहरी कार्यालय लुखुँले ६/७ पटक सम्म प्रहरी गएर घरको छेउमा टिनको छाना लगाएर छुट्टै बस्दै आएकी थिए । दोश्रो पटक १६ महिनापछि घरमा आएर पतिले कुटपिट गर्ने, यातना दिने जेठाजुले खुकुरी देखाएर धम्काउने र सासुले मारी दिएपनि हुन्छ भनेकी हुदाँ घरमा बस्न सक्ने वातावरण नभएकोले दुवै पक्षलाई झिकाई न्याय पाँउ भनी निवेदन दिएकी हुन् । पीडित डिलकुमारी क्षेत्रीको निवेदन दर्ता गरी दुवै पक्षलाई झिकाई छलफल गराउने गरी प्रहरी निरीक्षक विजय राजपण्डितले प्रक्रिया अगाडि बढाएको मुद्दा शाखाका असई टिका पोख्रेलले भने । Parbat/March 16 Dil Kumari Chhetri of Pakhapani VDC-1 has been threatened and expelled from home by her husband and family. The victim filed a case against husband Sher Bahadur Chhetri, mother-in-law Lakshi Kumari Chhetri, brother-in-law Phanindra Chhetri and his wife at the District Police Office on March 16 stating that they forced her out of the house and threatened to kill her if she stayed in the house. Her husband had gone to Dubai for employment after marriage three years ago. The family had not been taking care of her though he returned after 28 months. She was staying at a temporary room beside the house after the dispute could not be resolved by the area police office Lukhu. The victim stated in her complaint that the environment was not conducive for her to stay in the house as she was beaten by her husband, threatened by her brother-in-law at knife-point. ASI Tika Pokhrel said that the case had been registered and that discussions would be held after calling both sides. Madhav Raj Pandeya Posted on : 2013-03-17 10:05:29

0 Comments

Related Reports
Related Trend Analysis