Incident Reports

Four People Get 10 Years for Women Trafficking

2013-03-15

 

मकवानपुर । चैत ४ गते

 

एक महिलालाई भारत लगेर विक्री गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले चार अभियुक्तलाई जनही १० वर्षकैद गर्ने फैसला गरेको छ ।

 

जिल्ला न्यायाधीश टेकनारायण कुँवरको ०६९ चैत २ गते बसेको इजलाशले शिखरपुर गाविसका च्यापसाङ घलान, धियाल गाविसका दिलबहादुर घलान, कनकबहादुर घलान र फापरबारी गाविसका ज्ञानबहादुर घलानलाई शिखरपुर गाविस-१ की २७ वर्षीया एक महिलालाई १७ वर्षअघि भारत लगेर बिक्री गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

 

कैद तोकिएका चारै जना फरार छन् । शिखरपुरकी ती महिलालाई घरबाट फकाएर काठमाण्डौ हुँदै भारत पुर्‍याउन मुख्य भूमिका खेल्ने फुपु नाता पर्ने जरीमाया वाइवालाई जिल्ला अदालत मकवानपुरले यसअघि नै १० वर्षकैद गर्ने फैसला गरिसकेको छ । उनी अहिले भरतपुर जेलमा छिन् । जरीमायाले भदै पर्ने महिलालाई २०५२ सालमा भारतमा जागिर खान जानेभनेर बम्बईको कोठीमा ५० हजार भारुमा बिक्री गरेका थिए ।

 

जरीमायाको साथमा कैद तोकिएका चार जना पनि गएका थिए । अभियुक्तहरू फरार रहेका कारण अदालतले यो मुद्दा मुल्तवीमा राखेको थियो ।

 

Makawanpur/March 17

District Court Makawanpur has sentenced four people to 10 years in prison on charge of selling a woman in an India brothel.

 

A single bench of Tek Narayan Kunwar on March 15 convicted Chyapsang Ghalan of Shikarpur VDC, Dil Bahadur Ghalan, Kanak Bahadur Ghalan of Dhiyal VDC and Gyan Bahadur Ghalan of Phaparbari of selling a woman of Shikharpur1, some 17 years ago.

 

All the convicts remain at large. The woman’s relative Jari Maya Waiwa was sentenced to 10 years in prison after she was held as prime accused in the case. She is currently serving at Bharatpur Prison.

 

The five convicts had sold the woman in 1996 in the brothel at Rs 50,000 in the pretext of taking her for a job.

Pratap Bishta

0 Comments