Incident Reports

Locals Picket Police Station Protesting Police Behavior

2013-03-17

 

झापा । चैत ४ गते

 

मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा र्इलाका प्रहरी कार्यालय बिर्तामोडले गिरफ्तार गरेका ५ जनालाई टाउको मुण्डन गरी अमानवीय व्यवहार गरेको भन्दै आफन्त र स्थानीयवासीहरूले ०६९ चैत ४ गते इलाका प्रहरी कार्यालय बिर्तामोड घेराऊ गर्नुका साथै ढुङ्गामुढा गरेका छन् ।

 

मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको आरोपमा ०६९ चैत ३ गते राती अनारमनी गाविस ६ का २१ वर्षीय विमल थापा, वडा नं ३ का २६ वर्षीय रोहित भण्डारी, २६ वर्षीय दिनेश पौडेल, निर्मल शंकर र २७ वर्षीय नेत्र खतिवडालाई प्रहरीले गिरफ्तार गरी ईलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखेकोमा आज बिहान पुरै टाउको मुण्डन गरिदिएका थिए ।

 

त्यसपछि पीडितका आफन्तहरू, विर्तामोडका सयौ स्थानियवासी समाजसेवी, राजनीतिक दलका प्रतिनिधीहरू भेला भई विहान ११ बजेदेखि र्इलाका प्रहरी कार्यालय बिर्तामोडमा घेराऊ गरेका थिए । आक्रोसित भिडले प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेका थिए । पछि र्इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर सुकदेव खनालले पीडिहरूसँग गल्ती भएको जनाउँदै माफी मागेपछि एक आपसमा सहमति भई स्थिति सामान्य भएको थियो र गिरफ्तारीमा परेकाहरू रिहा भएका थिए । दिउँसो बिर्तामोडको अवस्था असामान्य भएपछि सयौको संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएका थिए । ईलाका प्रहरी कार्यालयमा करिब २ हजारको संख्यामा रहेका सर्वसाधारणले नाराबाजी गर्दै प्रहरीले गरेको ज्यादतीको विषयमा विरोध गरेका थिए ।

 

Jhapa/March 17

The locals have picketed Birtamod Area Police Office on March 17 accusing police of meting out inhuman treatment against five people arrested for drunk driving by shaving their heads.

 

Bimal Thapa, 21, Rohit Bhandari, 26, Dinesh Paudel, 26, Nirmal Shankar,  and Netra Khatiwada, 27, of Anarmani VDC were held in custody on March 16 night for driving motorcycles in inebriated state. The policemen shaved their heads in the morning of March 17.

 

The relatives of the arrested men, local social workers and political party representatives gheraoed the APO from 11 am and some of them also pelted stones.

 

The situation calmed down after Inspector Sukdev Khanal of Birtamod APO apologized for the incident and released the detained men.

 

The local administration had to mobilize hundreds of APF and Nepal Police men in the afternoon as nearly 2,000 local people chanted slogans against the police.

Arjun Basnet

0 Comments

Related Reports
Related Trend Analysis