Incident Reports

Police Arrest Protesters Demanding Action against Ex-CA Member Dhungel

2013-03-17

काठमाडौँ । चैत ४ गते

 

महिला हिंसाको अन्त्य तथा उज्जन श्रेष्ठ हत्या अभियोग ठहर भएका एमाओवादी पूर्व सभासद बालकृष्ण ढुङ्गेललाई कारबाही गरिनुपर्ने माग राखी बालुवाटारमा धर्ना दिइरहेको अवस्थामा अकुपाई बालुवाटारका १७ अभियानकर्ताहरूलाई ०६९ चैत ४ गते प्रहरीले गिरफ्तार गरी रिहा गरेको छ ।

 

गिरफ्तार पर्नेमा प्रनिका कोयू, सुधा महर्जन, सुशिला महर्जन, इथान थापा, गणपतिलाल श्रेष्ठ, पुकार बम, सौविद्या खड्का, शाहिल श्रेष्ठ, विवेक केसी, अजश्रा ढुंगेल, उमा देवी अधिकारी, विदुषी ढुंगेल, जगन्नाथ लामिछान, गोरखा पत्रका सरीता वाग्लेलगायत रहेका छन् । प्रहरीले उनीहरूलाई तीन नम्बर बाहिनी रानीवारीमा राखेको थियो ।

 

अकुपाई बालुवाटार अभियानको ८० औं दिनमा एमाओवादी कार्यकर्ताहरू करीब ५० जना जतिको समूहले अभियान चलिरहने स्थानमा ब्यानरहरू जलाउने, पोष्टरहरू उक्काउने, जस्ता अमर्यादित कार्यहरू गरेका थिए र दुई दिनअघि एक प्रेस विज्ञप्ति जारी गरी अकुपाई बालुवाटार अभियानले द्वन्द्कालीन दण्डकालीन मुद्दाहरू उठाएको भनि धम्कीपूर्ण तरिकाले अभियान रोक्न आहृवान गरेको थियो । तर अकुपाई बालुवाटार अभियानकर्ताहरूलाई मात्र आज प्रहरीले गिरफ्तार गरिएको कुराप्रति घोर आपत्ति रहेको अकुपाई बालुवाटार स्रोतले बतायो ।

 

Kathmandu/March 17

Police have arrested 17 protesters demanding the end of violence against women and arrest of murder convict former CA member Bal Krishna Dhungel, on March 17. 

 

The arrested activists included Pranika Koyu, Sudha Maharjan, Sushila Maharjan, Ithan Thapa, Ganapatilal Shrestha, Pukar Bam, Saubidhya Khadka, Shahil Shreshtha, Bibek KC, Ajashra Dhungel, Uma Devi Adhikari, Bidushi Dhungel, Jagannath Lamichhane and Sarita Wagle. Police held them from in front of the PM Office and kept at 3rd Brigade Ranibari and released them later in the day.

 

Meanwhile, about 50 UCPN-M cadres torched some banner and removed the posters which demanded action against Bal Krishna Dhungel.

 

The Maoists also issued a statement on March 15 accusing the protesters of reviving conflict-time cases and warned to stop such acts.

 

Occupy Baluwatar organizers condemned the police act saying only the protesters were arrested while those issued threats remained untouched.

Vivek Dhungana

0 Comments

Related Reports
Related Trend Analysis