Incident Reports

Man Held for Thrashing Wife

2013-03-15

 

सिरहा । चैत ४ गते

 

चन्द्रअयोध्यानगर गाविस -१ घर भई मिर्चैया बस्ने २१ वर्षीया सुनिता यादवलाई कुटपिट गरेको आरोपमा उनका पति ३० वर्षीय हरि यादवलाई ०६९ चैत २ गते प्रहरीले गिरफ्तार गरेको छ ।

 

हरि यादवले आफूलाई ०६९ फागुन ३० गते कुटपिट गरी घाइते बनाएको भनी पीडित महिलाले इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएकी थिइन् । शरीरको विभिन्न भागमा निलडाम हुने गरी पत्नीलाई कुटपिट गर्ने हरि यादवलाई प्रहरीले फागुन २ गते गिरफ्तार गरेको हो । उनको उपचार स्थानिय अस्पतालमा भएको थियो । पीडितको घाँउजाँच गरी आवश्यक अनुसन्धानपश्चात् कानुनी कारबाही अगाडि बढाउने इलाका प्रहरी कार्यालयका इन्सपेक्टर नरेशराज सुवेदीले बताए ।

 

पतिले आफुलाई अर्को पत्नी हुदाँहुँदै पनि झुक्याएर विवाह गरेको र पटक पटक कुटपिट गर्ने र ज्यान मार्ने प्रयास गरेकोले न्याय माग्न प्रहरीमा आएको सुनिताले बताइन् ।

 

Siraha/March 17

Police have arrested Hari Yadav, 30, of Chandra Ayodhyanagar1 and living in Mirchaiya on charge of beating his wife Sunita, 21. 

 

Hari was arrested on March 15 after Sunita filed a complaint against him at Mirchaiya Area Police Office on March 13. Sunita has sustained bruises all over her body because of the beating. She was treated at local hospital.

 

APO’s Inspector Naresh Raj Subedi said that they would proceed after investigation. 

 

Sunita said that Hari had lied about his marital status before marriage with her though he already had a wife and added that he was repeatedly beaten compelling her to seek police help.

Durga Pariyar

0 Comments

Related Reports
Related Trend Analysis