Incident Reports

FNCCI Condemns Attack on MD of Radisson Hotel

2013-03-17

 

ललितपुर । चैत ३ गते

 

होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष तथा र्‍याडिसन होटलका प्रबन्ध निर्देशक विके श्रेष्ठमाथि ०६९ चैत २ गते ललितपुरको भनिमण्डलमा मोटरसाइकलमा आएका नकाबधारीहरूको एक समूहले आक्रमण गरिएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले त्यसको घोर निन्दा गरेको छ ।

 

महासङ्घले ०६९ चैत २ गते पत्रकार सम्मेलन गरी आक्रमणबाट श्रेष्ठ चढेको गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको तथा सर्वसाधारणको बाक्लो उपस्थितिका कारण उनी सकुशल रहेको जनाउँदै शान्तिसुरक्षा प्रत्याभूत गराउन सरकारसँग जोडदार माग गरेको छ ।

 

आक्रमणमा संलग्नहरूको शीघ्र खोजी गरी उनीहरूलाई कानुनको कठघरामा उभ्याउन माग गर्दै महासङ्घका अध्यक्ष सुरज वैद्यले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभए व्यवसाय बन्द गर्नुको विकल्प नभएको बताए ।

 

होटल सङ्घ नेपालका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले होटललगायत सेवा व्यवसाय सञ्चालन नै गर्न नसकिने अवस्था सिर्जना भएकाले गृह प्रशासन शान्ति सुव्यवस्था कायम गर्न गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।

 

मोटरसाइकलामा आएका आक्रमणकारीले ललितपुरको भनिमण्डलमा व्यवसायी श्रेष्ठमाथि साङ्घातिक आक्रमण गरेका थिए ।

 

आक्रमण लगत्तै मजदुर युनियन र्‍याडिसनका उपाध्यक्ष माधब पाण्डेले घटनाको जिम्मेवारी लिएका थिए । तर, एमाओवादी मजदुर नेता शालिकराम जमरकटेलले आफूहरूको संलग्नतालाई अस्वीकार गरेका छन् ।

 

Lalitpur/March 16

An unidentified group has attacked BK Shrestha, first vice-president of the Hotel Association Nepal (HAN) and managing director of the Radisson Hotel on March 15. Shrestha was attacked at Bhanimandal in Lalitpur by motorcycle-borne masked men.

 

Federation of Nepalese Chambers and Commerce Industries (FNCCI) condemned the attack organizing a press meet on March 15. Saying that vehicle of Shrestha was completely damaged in the attack and that he was safe due to the presence of locals, the FNCCI urged the government of ensure security.

 

FNCCI president Suraj Baidhya demanded that the assailants be brought to justice. He said that there was no alternative to shutting down the business if security was not ensured.

 

Vice-president of Workers' Union Radisson Madhav Pandey had owned up the attacked. However, UCPN-M workers' union leader Shalikram Jammarkatel denied involvement of his party.

Ramesh Prasad Timalsina

0 Comments

Related Reports
Related Trend Analysis