Incident Reports

Group clash erupts as police try to recover body of a dead labourer

2016-08-21

Madhes, Bara, Parwanipur

Parwanipur, Aug 22 Shiv shadhar Sha, a labor at Biswakarma cement was hit and killed by loader while at work. He died on the spot at 4:45 am on Sunday. Other labors are claiming it to be murder rather than accident. Labors are claiming that driver Rabindra Turaha intentionally hit and killed Shiv shadhar Sha. After the incident, police was taking the body when other labors intervened and tried to take the body. Clash between police, relatives and other labors took place. Driver Rabindra Turaha is on the run. police is searching for him. प्रस, परवानीपुर मजदुरलाई लोडरले किचेपछि विश्वकर्मा सिमेन्ट प्रालिमा आइतवार बिहानदेखि उत्पन्न भएको तनाव साँझ साम्य भएको थियो । मृतक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन कम्पनी राजी भएपछि पीडित परिवार लाश उठाउन सहमत भएको हो । आइतवार साँझ राणीसती मन्दिरमा व्यवस्थापन र मजदुर पक्षबीच भएको वार्तामा क्षतिपूर्तिबापतको १० लाख रुपैयाँमध्ये १ लाख रुपैयाँ क्रिया खर्चको लागि सोमवार उपलब्ध गराउने तथा परिवारका एकजना सदस्यलाई रोजगार दिने सहमति भएपछि विवाद साम्य भएको थियो । साथै, लोडर चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाई गर्नुपर्ने सहमति भएको प्रहरीले जनाएको छ । वीरगंज–२४ लिपनीबिर्तास्थित त्रिवेणी समूहको उक्त उद्योगमा आइतवार बिहान साढे ४:४५ बजे लोडरले किचेर मजदुर शिवशड्ढर साह गोढको मृत्यु भएको थियो । लोडर चालकले मजदुर शिवशड्ढर साह गोढको ज्यान जबरजस्ती लिएको मजदुरहरूको आरोप छ । यता, कम्पनीले दुर्घटनामा मजदुरको मृत्यु भएको जनाएको छ । वीरगंज–२५ जगरनाथपुर बस्ने मजदुर शिवशड्ढर काम गरिरहेको अवस्थामा पर्सा, बैरियाबिर्ता–५ को ध्यानसिंह पिपरा बस्ने रवीन्द्र तुरहाले लोडर चलाउँदा किचेर मृत्यु भएको हो । घटनापछि कम्पनीका प्रबन्धक ईश्वर शर्माले वडा प्रहरी कार्यालय श्रीपुरलाई खबर गरेका थिए । घटनालगत्तै प्रहरीले लाशलाई भ्यानमा राखेर बाहिर निस्किरहेको अवस्थामा केही मजदुरले लाश खोस्न खोज्दा झडप भएको थियो । प्रहरी निरीक्षक ऋषिराम ढुंगानाको टोलीले आफन्तजन र मजदुरहरूलाई हातपात गर्दै लाश लग्ने प्रयास गरेको मजदुर रामजनम यादवले बताए । मजदुरहरूको अवरोधपछि लाश कम्पनी परिसरमैं प्रहरीले राखेको थियो । लोडर चालक फरार छन् । प्रहरी निरीक्षक ढुंगानाले पोस्टमार्टमको लागि प्रहरीले लाश लिएर वीरगंजतर्फ मात्र खोजेको प्रतिक्रिया दिएका छन् । उनले फरार चालकलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violence during arrest/detention
Weapons None
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown

0 Comments

Related Reports
Related Trend Analysis