Incident Reports

Minor Girl Raped by Teacher

2013-03-16

 

तनहुँ । चैत ५ गते

एक १४ वर्षीया बालिकालाई व्यास नपा-१ गल्वुवेशी घर भई हाल निर्मल उच्च मावि व्यास नपा-१ भादगाउँमा अध्यापन गर्ने शिक्षक ३२ वर्षीय जीवन लम्सालले ०६९ चैत ३ गते राति पोखरामा बलात्कार गरेको पीडितले बताएकी छिन् । दमौलीमा एसएलसी दिन बसेकी दिदीलाई सामान पुर्‍याउन दमौली आएकी ती बालिकालाई काम विशेषले छिपछिपे गएर फर्कदै गरेका लम्सालले मोटरसाईलमा दमौली पुर्‍याईदिन्छु भन्दै छिपछिपेबाट ल्याएर दमौलीमा नझारिकन सोही राति पोखरा पुर्‍याई पोखराको पृथ्वीचोकस्थित सन्तोषी लजमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टीकाबहादुर केसीले बताए ।

सोही विद्यालयका एक शिक्षकलाई लिएर छिपछिपेतर्फदाउरा किन्न गएका लम्सालले बालिकालाई भेटेपछि साथीलाई त्यही छोडी गाडीमा आउन भनी आफूले बालिकालाई लिएर आएका थिए । दमौली आईपुग्दा रातपरेपछि दमौलीमा बालिकालाई नझारीकन सिधै पोखरा लगी होटलमा बलात्कार गरेको डिएसपी केसीले बताए । लम्सालले भोलिपल्ट चैत ४ गते बिहान बालिकालाई आफ्नै मोटरसाईकलमा व्यास नपा-१० विसघरेमा ल्याई छोडिदिएका थिए । बालिकाका अभिभावक र आफन्तले रातभर कहाँ गएको भनेर सोधेपछि उनले घटना विवरण सुनाएकी थिइन् । त्यसपश्चात उनका आफन्तले चैत जिल्ला प्रहरी कार्यालयमा गई मौखिक निवेदन दिएपछि प्रहरीले लम्साललाई सोही दिन गिरफ्तार गरेको थियो । पीडित बालिकाको चैत ४ गते नै दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

तनहुँ प्रहरीले उक्त बलत्कारको घटना पोखरामा भएको हुँदा अनुसन्धान गरी मुद्दा चलाउन पीडित, पीडक, अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदन र घटना विवरण सबै चैत ५ गते कास्की प्रहरीलाई पठाएको छ । डिएसपी केसीले सो घटनाको बारेमा कास्की प्रहरीले थप अनुसन्धान गरी मुद्दा दर्ता गर्ने बताए ।

Tanahun/March 18

A 14-year-old girl has accused Jivan Lamsal, 32, a teacher at the Nirmal Higher Secondary School in Byas Municipalilty-1 of raping her in Pokhara on March 16.

 

According to DSP Tika Bahadur KC of the District Police Office (DPO), Lamsal took the girl in a motorbike while she was returning from Chipchipe under the pretext of dropping her home and raped her after taking her to Santoshi Lodge in Pokhara.

 

Lamsal had dropped the girl to her home on March 17. Police arrested him after the victim revealed the incident to her parents.

 

Medical check-up of the girl was conducted in Damauli hospital on March 17.

 

Tanahu DPO has forwarded the victim, accused, medical reports and incident reports to Kaski DPO to file the case as the incident occurred in Pokhara.

Prakash Chandra Bhattarai

0 Comments

Related Reports
Related Trend Analysis