Incident Reports

APF Sub-inspector Thrashes Journos

2013-03-18

 

सिरहा । चैत ५ गते

सिरहाको लहानमा एसएलसी परीक्षाको समाचार संकलनका क्रममा सिरहाको लहानस्थित पशुपति आदर्श उच्च मावि केन्द्रमा पुगेका सञ्चारकर्मीलाई ०६९ चैत ५ गते बिहान सशस्त्र प्रहरीका असईले कुटपिटसहित सञ्चार सामाग्री (क्यामेरा, मोबाइल) खोसेका छन् ।

बिहान करिब ९.१५ बजे परीक्षा केन्द्रमा समाचार संकलनका लागि पुगेका कान्तिपुर टेलिभिजनका लहान संवाददाता राजकुमार राउत, राससका मणिलाल विश्वकर्मा, गोरखापत्र दैनिकका सन्तोष सुवेदी, अन्नपूर्ण पोष्टका रामबाबु यादवमाथि सशस्त्र प्रहरी सहायक निरीक्षक जयरामसिंहले क्यामेरा र मोबाइल खोस्दै कुटपिट गरेका हुन् ।

कुटिएका पत्रकार राजकुमार राउतका अनुसार परीक्षा केन्द्रमा सशस्त्र प्रहरीका एक जवानले भेटेको चिटलाई बाहिर बरण्डामा ल्याएपछि पत्रकारहरूले फोटो खिच्न खोच्दा 'किन फोटो खिच्न खोजेको' भन्दै गालीगलौजसहित क्यामेरा खोसेर कुटपिट गरेका हुन् । फोटो नखिच्न चेतावनी दिंदै गोरखापत्रकर्मी सन्तोष सुवेदी र अन्नपूर्ण पोष्ट एवम् इमेज टेलिभिजनका समाचारदाता रामबाबु यादवको दुईवटा क्यामरा र नोकिया ६३ मोवाइल सेट खोसेका थिए ।

सिंहको कुटपिटबाट रासस लहानका प्रतिनिधि मणिलाल विश्वकर्माको दाहिने कानमा तथा अन्नपूर्ण पोष्टका रामबाबु यादवको देब्रे घुँडामा चोट लागेको छ । सहकर्मी दुर्व्यवहारको खवर पाएपछि घटनास्थल पुगेका नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्ष शिवकुमार साह, सचिव जीवछ यादवलाई परीक्षा केन्द्रको गेटमै दुर्व्यवहार गर्दै परीक्षा केन्द्र परिसरसम्म छिर्न असई सिंहले रोक लगाएका थिए ।

घटनापश्चात नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकारको क्यामरा खोस्ने र कुटपिट गर्ने सशस्त्र प्रहरी निरीक्षक जयराम सिंहलाई हदैसम्मको कारबाही, घाइते पत्रकारको उपचार र क्षतिपूर्तिको व्यवस्था, खोसिएको सञ्चार सामग्री पूर्ववत् अवस्थामा जिम्मा दिनुपर्ने तथा पत्रकारहरूलाई समाचार सङ्कलनको लागि सुरक्षित वातावरण निर्माण गर्नुपर्ने माग गरेको छ ।

Siraha/March 18

An APF Assistant Sub-inspector has thrashed journalists while the latter were collecting news of SLC examination conducted in the Pashupati Adarsha Higher Secondary School on March 18.

 

Assistant Sub-inspector Jayram Singh snatched camera and mobile phones and beat up reporter of Kantipur Television Raj Kumar Raut, Manilal Bishwakarma of RSS, Santosh Subedi of Gorkhapatra daily, Ram Babu Yadab of Annapurna Post when they arrived at the examination centre at around 9.15 am.

 

According to journalist Raj Kumar Raut, ASI Singh beat them up as they were taking pictures of the 'cheat paper' snatched by an APF constable from an SLC examinee.

 

RSS Lahan reporter Biswakarma sustained injury to her right ear and Annapurna post reporter Yadab sustained injury to his left knee. Vice-president of FNJ Siraha Shiva Kumar Sah, secretary Jibacha Yadab were barred from entering inside the school when they arrived there hearing news of APF mistreatment.

FNJ Siraha has demanded action against ASI Singh, treatment and compensation to injured journalists, return of snatched communication devices and safe environment for journalists to collect news.

Durga Pariyar

0 Comments