Incident Reports

Teacher Charged with Rape

2013-03-16

 

गोरखा । चैत ५ गते

एक ४८ वर्षीया महिलाले आफूलाई तारा उमावि गोरखा नगरपालिका-९ स्थित छेवेटारका ४५ वर्षीय शिक्षक भरत ढकालले बलात्कार गरेको आरोपमा ०६९ चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी मुद्दा दर्ता गराएकी छन् । आरोपित ढकालले ०६९ चैत ३ गते साँझ सोही ठाउँ बस्ने महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई ०६९ चैत ४ गते गिरफ्तार गरी अनुसन्धान जारी राखेको छ । पीडित महिलाको बयान र स्वास्थ्य परीक्षणपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण गोरखा जिल्ला अस्पतालमा भएको थियो । पीडित महिलाको स्वास्थ्य जाँच प्रतिवेदनमा उनको नियमित महिनावारीको समय भएकोले प्रतिदन पोजेटिभ नभए पनि मादक पदार्थ सेवन गरी बलात्कारको प्रयास गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले बताए ।

महिलाले जबरजस्ती गरेको बयान दिएको र उनको शरीरको विभिन्न चोटपटक लागेको निरीक्षक शाहले बताए । निरीक्षक शाहले प्रहरी अनुसन्धान जारी रहेको जनाएका छन् । चितवन पिठुवा निवासी ढकाल गणित र अर्थशास्त्र विषयका शिक्षक हुन् ।

Gorkha/ March 18

A rape case has been filed against Bharat Dhakal, teacher of Tara Higher Secondary School in GorkhaN.P.9 on March 17.

 

The victim, 48, had filed the case against Dhakal at the District Police Office accusing him of raping her on March 16.

 

According to police, the case was registered following the victim's complaint and her medical report. Medical check-up of the victim was conducted in Gorkha hospital.

 

Inspector Sunil Jung Shah said that though investigation had confirmed that Dhakal had attempted to rape her in inebriated condition, rape could not be confirmed by the medical report as she was having her period when the incident took place. He added that the victim has sustained injuries in the incident.

Sudeep Kaini

0 Comments

Related Reports
Related Trend Analysis