Incident Reports

Ncell Office Vandalized by CPN-M Cadres

2013-03-19

Naya Baneshwor काठमाडौँ । चैत ६ गते नेकपा माओवादी (वैद्य) समर्थित अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ र अखिल नेपाल सञ्चार छापाखाना संघका मजदुर कार्यकर्ता द्वारा काठमाण्डौं मनपा ३४ बानेश्वरस्थित एनसेल केन्द्रीय कार्यालयमा ०६९ चैत ६ गते आक्रमण भएको छ । लगभग ४० देखि ५० जनाको समूहमा दिउँसो १ बजेतिर आएका मजदुर कार्यकर्ताहरूले एनसेल कार्यालयको बाहिरी तथा भित्री सिसा फुटाएका छन् । उनीहरू कार्यालयभित्र प्रवेश गरी तीन ओटा कम्युटर फुटाएको एनसेलका एक कर्मचारीले बताए । महानगरीय प्रहरी वृत्त बानेश्वरले छ जना महासङ्घका कार्यकर्तालाई घटनास्थलबाटै गिरफ्तार गरी हिरासतमा लिएको छ । गिरफ्तारी पर्नेहरूमा टेकबहादुर बस्नेत, एकबहादुर बस्नेत, लीलाबहादुर थापा, कमेशकुमार यादव, ताराचन्द्र ढुंगाना र नारायणबहादुर कुँवर रहेका छन् । गिरफ्तारीमा परेकामध्ये बस्नेत द्वय र थापाविरुद्ध चैत ६ गते जिल्ला प्रशासन कार्यलयमा सार्वजानिक मुद्दा चलाइएको प्रहरी वृत्त बानेश्वरका डिएसपी भीम ढकालले बताए । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक रामदीप आचार्यले हेलो नेपालले ८७ जना मजदुर कर्मचारीलाई नियमविपरीत निस्काशित गरेकोमा पुनर्बहाली हुनुपर्ने माग राखी सङ्घले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएकोमा वार्ताबाट मागको सम्बोधन गरिनुको साटो उल्टै प्रहरी दमन गर्न खोजिएको कारण उक्त आक्रमण गरिएको बताए । Kathmandu/March 19 Cadres of All Nepal Revolutionary Trade Union Federation (ANRTUF) and All Nepal Communication, Printing and Publications Workers’ Union (ANCPPWU) affiliated to Mohan Baidhya led CPN-M have vandalized the central office of Ncell in New Baneshwor on March 19 afternoon. About 50 cadres of CPN-M smashed windows of the office and three computers barging inside the office, an Ncell employee said. Six persons have been detained by the Metropolitan Police Circle Baneshwore following the vandalism. Those arrested are Tek Bahadur Basnet, Ek Bahadur Basnet, Lila Bahadur Thapa, Kamesh Kumar Yadab, Tara Chandra Dhungana and Narayan Bahadur Kunwar. DSP Bhim Dhaka of the MPC Baneshwore said that a public offense case has been registered against Basnet and Thapa at the District Police Office on March 19. Ram Dip Acharya, coordinator of the ANRTUF said that the vandalism took after the police tried to intervene in the protest organized against the reinstatement of the 87 workers of Hello Nepal sacked by the Ncell and Hello Nepal telecommunication companies.

0 Comments

Related Reports
Related Trend Analysis