Incident Reports

Kalpristha: Risk of life to take earned money at home

2016-08-21

Lumbini, Banke, Kohalpur

One man was looted after drinking spiked drinks offered by whom he met during his journey to Nepalgunj from India. The victim has been identified as Motilal Gharti from Baglung and peroetrator is Bam Bahadur Rokaya from Kailali. They met at Haridwar, India. They started to talk as both were going to Nepalgunj. Then they went to Kohalpur from Nepalgunj. Both of their destination was different so they decided to stay at Kohalpur for one night. They stayed at same hotel and drank alcohol. Later, Rokaya went out and brought coke from outside and offered it to Gharti. As soon as Gharti drank coke he fainted and Rokaya took the money of Gharti. The hotel owner noticed the activity of Rokaya so he caught him and handed him to police. Gharti was sent to hospital and he was conscious only next day. नेपालगंज, ०६ भाद्र : भारतको हरिद्वारमा भेट भयो । दुबैजना नेपाली र नेपालगंज नै आउने भएपछि कुराकानी भए । एउटै बसमा गफिदै आए । सिमावर्ती रुपैडिया झरेपछि नेपालगंज हुदै संगै कोहलपुर पुगे । एकजना कैलाली र अर्का बाग्लुङका भएकाले एक दिन कोहलपुरमा बस्ने र भोलिपल्ट आ-आफ्ना बाटो लाग्ने कुरा भयो । कोहलपुर बसपार्कस्थित एउटै होटलमा बसेर मदिरा खाए । होटलले उपलब्ध गराएको भर्जिन (मदिरा) खादखादै कैलालीका बमबहादुर रोकाय बाहिर निस्किए । रोकायले बाहिरी पसलबाट कोक लिएर आए । त्यो कोक खाएपछि बाग्लुङका मोतीलाल घर्ति बेहोस भए । नसालु पदार्थ मिसाएर ल्याइएको कोक पिएर घर्ति बेहोस भएपछि रोकायले उनको पैसा निकालेर भाग्ने तरखर गर्दा होटेल संचालकले सुइँको पाए । घर्तिको साथमा रहेको ५२ हजार गनिरहेका रोकायलाई पक्राउ गरियो र उतिनैखेर प्रहरीलाई बोलाएर पठाइयो । घर्तिलाई अस्पतालमा पुर्याइयो, उनको भोलिपल्ट बल्ल होस् आयो । यस्ता घटना कोहलपुरका लागि नौलो हुन् सक्छ , नेपालगन्जका लागि नौलो होइन । इलाका प्रहरी कार्यालय. कोहलपुरले रोकायलाई लुटपाटमा मुद्धा चलाएर कारबाही प्रक्रिया अघि बढाएको छ । भारतमा काम गरेर फर्किने नेपालीलाई पहिला भारतीयले लुटछन् । भारतीयसंग बचेर आए भने आफ्नै नेपाली दाजुभाईले विभिन्न तरिकाबाट लुटछन् । रोकाय र घर्ति त हरिद्वार बसपार्कमा भेट भएर चिनजान भएका थिए । एक वर्षअघि दैलेखका बलराम शर्माले गाउकै व्यक्तिलाई संगै काम गरेर फर्किदा नेपालगन्जमा लुटेका थिए । कोक, पानी, बिस्कुटमा नशालु पदार्थ मिसाएर खुवाउने र बेहोस बनाई लुटपाट गर्ने गरिन्छ । चाडबाड नजिकिदै जादा नेपाली लुटिएको समाचार दैनिकजसो नै आउने गर्दछ । यो अहिलेको मात्रै नभएर बर्षौदेखिको ठुलो समस्या हो र बाँके प्रहरीका लागि टाउको दुखाइको बिषय पानी हो । यात्रा र सीमामा हुने यस्ता अपराध रोक्नका लागि बाँके प्रहरीले छुट्टै टोली परिचालनको तयारी गरेको छ । सादा पोशाकमा धेरै नेपालीहरु ओहोर - दोहोर गर्ने नजिकका बसपार्कहरुमा प्रहरीलाई परिचालन गर्ने रणनीति बनाइएको छ । त्यसका लागि भारतीय प्रहरीसंगसमेत सहयोग मागिएको छ । भारतीय प्रहरीहरु प्राय: लुटेराहरुसंग नै मिल्ने गरेको पिडितहरुको भनाइ छ । भारतको हरिद्वार, शिमला, कालापहाड, लाधकलगायत ठाउमा लाखौ नेपालीहरु मजदुरी गर्न जाने गर्दछन् । घरको उत्पादनले बर्षभरी खाना नपुग्ने मध्यपश्चिमका पहाडी जिल्लाका नेपालीहरु यी ठाउमा गएर मजदुरी गर्ने र प्राय: चाडबाडमा फर्किने गर्दछन् । कामकै लागि भएपनि कलकारखाना, होटेल, पसलहरुमा काम गर्नेहरु लुटिएको पाइदैन । लुटेरा, चोरले पनि सुकिला-मुकिलालाई भन्दा यिनैहरुलाई आँखा लगाएको पाइन्छ। पहाडी जिल्लाका मानिसलाई कमाई आफ्नो घरसम्म पुर्याउन भारतमा बस या रेलमा, रुपैडिया बसपार्क क्षेत्रमा, त्यसपछि नेपालगंजसम्म पुग्दा रिक्सा, त्यसपछि घरसम्म पुग्ने बसमासमेत चुनौती खेप्नु गर्दछ । मजदुरी गरी कमाएको पैसालाई घरसम्म पुर्याउनका लागि ज्यानकै बाजी थप्नुपर्छ । लुटेराले खुवाएको नशालु पदार्थले केहीको त दुई दिनसम्म पनि होस् नआएको घटना छन् । बस या रेलमा लुटपाटका क्रममा प्रतिकार गर्दा केहीलाई गुडिरहेको रेलबाट बाहिर फालिएकोसम्म पिडित भेटिएका छन् । नेपालीहरु मजदुर गर्न जाने ठाउँबाट बैकिङ्ग प्रणालीमा पैसा पठाउने व्यवस्था नभएसम्म यस्तो जोखिम रहिरहने बौधिक वर्गको बुझाई छ । नेपालगंज नाकामात्रै नभएर पश्चिमको गड्डाचौकी, पुर्वको अन्य नाकामासमेत यस्तो समस्या भएकाले बैकिङ्ग प्रणालीको विकास गर्न जरुरी भएको भुक्तभोगीहरु बताउछन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth

0 Comments