Incident Reports

Abduction case filed against former minister

2016-08-20

Madhes, Siraha, Golbazar, Ward 2

Abduction case has been filed against former peace and reconstruction minister, Bishwanath Shah along with 10 other political leaders of Maoist Center by Devnanda Mandal, Engineer of Water brought disaster control division office no. 4. Mandal stated that he was called by the former minister and other political leaders and threatened him with gun to sign the paper of 5 lakh rupees at Golbazar-4 on saturday. सिराहा, ७ भाद्र : पूर्व शान्ति तथा पुननिर्माण मन्त्री विश्वनाथ साहलगायत माओबादी केन्द्रका १० नेताविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता भएको छ । पूर्वमन्त्री साह, माओबादी केन्द्रका नेता रामकुमार यादव, श्रवण यादव, शिवकुमार कापर र अन्य ६ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । लहानस्थित जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर ४ का इन्जिनियर देवनन्दन मण्डलले उनीहरुविरुद्ध मुद्दा दर्ता गराएका हुन् । मुद्दा दर्ता भएपछि सबै फरार छन् । नेताहरुले डिभिजन कार्यालयका प्रमुख रामनरेश मण्डल र पिडित इन्जिनियर मण्डललाई मिलापत्र गर्न दबाब दिइरहेको स्रोतले जनाएको छ । पूर्वमन्त्री साहले गोलबजार ४ स्थित आफ्नै घरमा बोलाई योजनाअनुसार धाकधम्कीसंगै हतियार देखाएर बन्धक बनाई ५ लाखको कागज गर्न लगाएको इन्जिनियर मण्डलको आरोप छ । 'उनीहरुले जबरजस्ती माग गरेको रकम नदिएपछि गोलबजार बोलाएर बन्धक बनाई शनिबार कागज गराए । त्यसैले आवश्यक कारबाहीका लागि मुधा दर्ता गराएको हु ',उनले भने । उनीहरुले कागज गराउनुका साथै यसबारे कहिकतै केहि बोले ज्यान मार्ने धम्कीसमेत दिएको मण्डलले बताए । 'माओबादी नेता श्रवण यादवले आफुलाई पत्रकार उमा सिंहको हत्या गर्दा केहि भएन , तपाईकै हत्या गर्दा के हुन्छ भनेपछि डराएर औठाछाप लगाइदिए', उनले भने । आशोपुर बल्कबास्थित मैनाबत्ती नदीको कटान रोकथाम सम्बन्धि कामको निरिक्षणमा जाने क्रममा पूर्वमन्त्री साहसंग गोलबजारमा भेट भएको र उनले श्रवण रिसाएकाले सम्पर्क गर्न भनेकाले आफु भेट्न गएको उनको भनाइ छ । 'चारैतिरबाट घेरा हालेर गाली गर्न थाले', उनले भने, 'कसैले पहिले एउटा औला काट भने, 'कसैले पहिले एउटा हात काट भने',उनले भने, 'डरले अतालिए, मलाई मार्ने भए भन्ने ठाने, तर भगवानको दयाले बाचे । घटनास्थलमा पूर्वमन्त्री साहसहित जम्मा ११ जना रहे पनि ४ जनालाई मात्र चिन्न सकेको उनको भनाइ छ। 'मैनबत्ती नदी नियन्त्रणका लागि ५० लाख बजेट आएकोमा आफ्नो उपभोक्ता समितिमार्फत काम नगराएको भन्दै उनीहरुले सुरुमा ५० लाखकै कागज गर्न दबाब दिएका थिए ',उनले भने, 'तर आफुलाई मारे पनि त्यतिको कागज नगर्ने अडान लिएपछि अन्त्यमा ५ लाखको मात्र कागज गराए । पूर्वमन्त्री साहले इन्जिनियरसंग आफ्नो कुनै रिसबी र सरोकार नरहेको बताए। माओबादी केन्द्रका नेता श्रवणले इन्जिनियरले व्यापक आर्थिक अनियमितता गरेको र आफुहरुलाई उपभोक्ता समिति गठन गराई काम गराउदा समेत निकासा नदिएको आरोप लगाए । 'काम गराउन उपभोक्ता समिति गठन गराएपछि पुन: गोप्य रुपमा अर्को उपभोक्ता समिति गठन गरेर काम गराएर आर्थिक अनियमितता गरेका छन्,'उनले भने । जाहेरी दिएको चार दिन बितिसक्दा पनि प्रहरीले हालसम्म कसैलाई नियन्त्रणमा लिन सकेको छैन । डीएसपी एकनारायण कोइरालाले घटनाको गहन अनुसन्धान भइरहेको र अहिल्यै केही भन्न नसकिने बताए । 'अहिले तपाईहरु समाचार नलेखदिनुस। हामीले गहन अनुसन्धान गरिरहेका छौ । समाचार लेख्दा अनुसन्धान तथा आरोपितहरुलाई समात्न अफ्ठ्यारो पर्चा, उनले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Secondary Form Extortion
Weapons Small arms
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 11
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Total Abducted 1

0 Comments