Incident Reports

Man Arrested on Charge of Molesting Girl

2013-03-21

 

कपिलवस्तु । चैत ७ गते

 

एसएलसी परीक्षा दिएर घर फर्किरहेकी एक १६ वर्षीया युवतीलाई दुर्व्यवहार गरेको आरोपमा कपिलवस्तु नपा ७ का गणेश पासीलाई ०६९ चैत ६ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।

 

०६९ चैत ५ गते परीक्षा दिएर घर जान लागेको अवस्थामा पासी लगायत अन्य दुई जनाले ती छात्रालाई कपिलवस्तु नपा ७ बर्गदी बाटोमा रोकेर यौन दुर्व्यवहार गर्न खोजेको प्रहरीले जनाएको छ ।

 

दुर्व्यवहार गर्न खोज्ने पासीलाई प्रहरीले गिरफ्तार गरी सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइने सई एकबहादुर कुमालले बताएका छन । फरार रहेका भनिएका अन्य दुई जनाको नाम सार्वजनिक गरिएको छैन ।

 

Kapilbastu/March 20

The District Police Office (DPO) has arrested Ganesh Pasi of KapilbastuN.P.7 on March 19 on charge of sexually abusing a 16-year-old girl.

 

According to the police, Pasi and two others lied in wait for her while she was returning after attending SLC exam and tried to molest her at Bargadi road on March 18.

 

SI Ek Bahadur Kumal said that the accused would be charged under public offense. Identity of the other two accused has not been revealed.

Nandaram Paudel

0 Comments

Related Reports
Related Trend Analysis