Incident Reports

32 Rape Cases Registered in Five Months in Western Region

2013-03-20

कास्की । चैत ७ गते

 

पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले ०६९ चैत ७ गते पोखरामा पत्रकार सम्मेलन गरी पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लामा ०६९ कात्तिकदेखि फागुनसम्मको पाँच महिनामा जबरजस्ती करणीका ३२ ओटा मुद्दा दर्ता भएको जनाएको छ ।

 

पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख डिआईजी रमेशशेखर बज्राचार्यले पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क सार्वजनिक गर्दै जबरजस्तीकरणीका सबैभन्दा बढी नौ ओटा घटना कात्तिकमा र सबैभन्दा कम चार ओटा घटना पुस महिना भएको बताए ।

 

त्यसैगरी फागुनमा आठ, माघमा छ, मंसिरमा पाँच ओटा घटना भए भने त्यस अवधिमा महिलाहिंसाका दुई ओटा घटना भएको बताए । उक्त अवधिमा सबैभन्दा बढी घटना सार्वजनिक अपराधअन्तर्गत ५ सय २७ ओटा, आत्महत्याका ३ सय ४६, अपहरण तथा शरीर बन्धकका पाँच, ज्यानसम्बन्धी छ, कर्तव्य ज्यानका ४२, हातहतियार खरखजना अन्तर्गत १३, लागुऔषध सम्बन्धी १ सय ९०, सवारी दुर्घटना १ सय ५८, ठगी १४ गरी पाँच महिनामा १ हजार ३ सय ३५ ओटा मुद्दा दर्ता भएका छन् ।

 

समाजमा शान्ति सुरक्षा कायम गराउनको लागि तराईका जिल्लाहरूमा सशस्त्र समूह, हातहतियार तथा विष्फोटक पदार्थ ओसारपसार, अपराधमा राजनीतिकरण, लागूऔषध ओसारपसार, राजनीतिक दलहरूको विरोध, बन्द हड्ताल, मानव बेचबिखन, अपहरण तथा फिरौती, लैंगिक हिंसा, साइबर अपराध, प्राकृतिक साधन स्रोतको दुरुपयोग लगायत चुनौति रहेको उनले बताए । शान्ति सुरक्षा, मानवअधिकारको संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मी, अधिकारकर्मी, नागरिक समाज लगायतको सहकार्य र समन्वयमा काम गर्ने उनले जोड दिए ।

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केदार रिजालले पोखराको सबैभन्दा ठूलो समस्या गुण्डागर्दी, यौन विकृति, लागूऔषध र जुवातास भएको उल्लेख गर्दै ०६९ माघ २३ गतेदेखि फागुनसम्म २ हजार २ सय ९१ जनालाई सोधपुछको क्रममा गिरफ्तार गरी २ सय ९६ जनालाई कारबाही गरिएको बताए ।

 

Kaski/March 20

The Western Regional Police Office (WRPO) Pokhara has said that 32 rape cases were registered in 16 districts of the region within the last five months.

 

Speaking at a press meet organized in Pokhara on March 20, DIG Ramesh Shekhar Bajracharya of the WRPO said that there were 527 cases registered under public offence, 346 cases of suicide, five cases of abduction. 

 

He said that armed groups in Tarai districts, transportation of arms and explosives, politicization of crime, human trafficking, gender-based violence were the challenges to keeping peace and security in the society.

San Bahadur Thapa

0 Comments

Related Reports
Related Trend Analysis