Incident Reports

FLSC Obstructs Voter's List Collection

2013-03-20

 

धनकुटा । चैत ७ गते

 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले फोटोसहितको मतदाता नामावली संकलन गर्नमा ०६९ चैत ७ गते अवरोध गरेको छ ।

 

जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन गर्न जिल्लाको कुरुलेतेनुपा गाविसमा गएका कर्मचारीहरूलाई फोटो खिच्न नै अवरोध गरेका छन् । उनीहरूले अवरोध गरेपछि सो गाविसको विभिन्न वडाबाट फोटो खिच्न आएका ३० जना सर्वसाधारणहरू फोटो नखिचीकन पर्खिएका छन् ।

 

गएको ०६८ जेठ १३ गते नेपाल सरकार र परिषदबीच भएको चार बुँदे सम्झौता कार्यान्वय हुनुपर्ने माग गर्दै फोटोसहितको मतदाता नामावली संकलन कार्यमा अवरोध गरिएको परिषदका केन्द्रीय सदस्य जेण्टल लावतीले बताए ।

 

उनले वर्तमान सरकारविरुद्ध आन्दोलन गर्दै आएको र सो सरकारले निर्वाचनको घोषणा गरे पनि परिषदले बहिष्कार गर्ने समेत बताए । आफूहरूको माग पूरा नभएसम्म पूर्वका नौ जिल्लामा फोटोसहितको मतदाता नामावली संकलन कार्य गर्न नदिने पनि लावतीले बताए ।

 

कुरुलेतेनुपा गाविसमा सञ्चालन हुन लागेको फोटोसहितको मतदाता नामावली संकलनमा परिषदका जिल्ला उपाध्यक्ष जितेश याखा र गाउँ कार्य समितिका अध्यक्ष दिपेन्द्र याखाको नेतृत्वमा आएका परिषदका कार्यकर्ताहरूले अवरोध गरेका थिए ।

 

उनीहरूले अवरोध गरेपछि जिल्ला निर्वाचन कार्यालयबाट गएका कर्मचारीहरू त्यसै फर्किएका छन् । यता जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत सुवर्ण घिमिरेले फोटोसहितको मतदाता नामावली संकलन कार्य आफूहरूको नियमित कार्य भएकाले अवरोध नपुर्‍याउन आग्रह गरे ।

 

उनले कुरुलेतेनुपा गाविसमा मतदाता संकलन कार्यमा परिषदले अवरोध पुर्‍याएको स्वीकार गर्दै फोटोसहितको मतदाता नामावली संकलन कार्य निर्वाचनलाई मध्यनजर गरेर गरेको नभई नियमित कार्यक्रमको रुपमा सञ्चालन गरिएको समेत दावी गरे । वर्षैपिच्छे मतदाताको संख्या बढ्ने भएकाले जनताहरूको सुविधाको लागि गाउँ-गाउँमा गएर संकलन गरिएको निर्वाचन अधिकृत घिमिरेले बताए ।

 

मतदाता नामावली संकलन कार्यमा अवरोध पुर्‍याउनु जनतालाई नै समस्या पर्ने भएकाले सो समस्या समाधानको लागि परिषदसँग आवश्यक छलफल भईरहेको समेत निर्वाचन अधिकृत घिमिरेले बताए ।

 

Dhankuta/March 20

Federal Limbuwan State Council (FLSC) affiliated to the Federal Democratic National Forum has obstructed the collection of voter's list with photograph on March 20.

 

Cadres of FLSC obstruct the process as staffs from the District Election Office (DEO) had reached Kuruletenupa VDC. Photographs of 30 persons of different wards of the VDC could not be taken due to the FLSC obstruction.

 

Central member of FLSC Gentle Labati said that they obstructed the process demanding implantation of the 4-point agreement reached between the government and the FLSC on May 27, 2011.

 

Saying that the FLSC had been stating protests against the government, he said that voter's list collection would be obstructed in the nine districts of eastern region if their demand was not met.

 

Election Officer Subarna Ghimire of the DEO said that the voter's list collection was a regular process and not conducted focusing on elections. He said that talks were being held with the group to resolve the issue.

Santosh Ruchal

0 Comments

Related Reports
Related Trend Analysis