Incident Reports

Complaint against Threat to Journalists

2013-03-24

Lumbini, Gulmi, Musikot

रुकुम । चैत ११ गते एसएलसी परीक्षाको रिर्पोटिङ गरेको भन्दै पत्रकारहरूलाइ धम्की दिनेविरुद्ध कारबाहीको माग गदै नेपाल पत्रकार महासंघ रुकुमले जिल्ला प्रशासन कार्यालय रुकुममा उजुरी दर्ता गरेको छ ।

 

पत्रकार महासंघ रुकुमको टोलीलाई गाउ पस्न नदिने भन्दै बाफीकोट परीक्षा केन्द्रमा चिट चोराउन गएका केही शिक्षक तथा अभिभावकहरूले ज्यान मार्ने धम्की दिएका थिए ।

 

पत्रकार महासंघले वीरेन्द्र उच्च मावि, बाफीकोटमा अध्यापनरत शिक्षक मनराज दाहाल, सोही विद्यालयका लेखापाल धनबहादुर केसी र त्रिपुरा मावि स्यालापाखामा अध्यापनरत शिक्षक डम्बर चन्दलाई किटानी गदै पेश गरेको उजुरी अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम र जिल्ला प्रहरी कार्यालय रुकुमले कारबाहीको प्रकृया अगाडि बढाएको जनाएको छ ।

 

रुकुमका प्रहरी प्रमुख राजेन्द्रप्रसाद भट्टले उजुरीको आधारमा कारबाही प्रकृया सुरु भएको र प्रमाणित भएमा कडा कारबाही गरिने बताए । ती व्यक्तिहरूले प्रश्नपत्र बाहिरीएको समाचार प्रकाशित गरेपछि परीक्षा कडा भएको भन्दै फेल भएमा विद्यार्थीहरूलाई पत्रकारको ज्यान लिन समेत सिकाएको पत्रकार महासंघ रुकुमको आरोप छ ।

 

उक्त धम्कीप्रति नेपाल पत्रकार महासंघ रुकुमले बारम्बार कडा आपत्ति जनाउँदै ज्यान लिन धम्की दिने व्यक्तिलाई कडा कारबाहीको माग गर्दै आएको छ । गणित विषयको परीक्षाको दिन प्रहरी र शिक्षकहरू चिट चोराउँदै भनेर केही सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।

 

Rukum/March 24

Federation of Nepali Journalists (FNJ) Rukum Chapter has filed a complaint at the District Administration Office demanding action against those issuing threats to journalists for reporting news on SLC exam.

 

Some teachers and guardians who had gone to Baphikot exam centre to help the students cheat the exam had threatened not to allow the journalists to enter the village.

 

The DAO and District Police Office said that they had initiated actions against teacher Manaraj Khanal, Dhan Bhadur KC, Dambar Chand based on the complaint. The teachers had threatened the journalists saying that the students might take their life as exams were strict following news of the leak of the question papers.

Adarsha KC

0 Comments