Incident Reports

Locals beaten by police

2016-09-20

Gandaki, Gorkha, Gorkha

Police have beaten Thaman Singh Basnet, 71 of Gorkha Municipality-11 and Prakash Chaudhary, 45 of Sankariya-6, Parsa on September 21. The police were in the incident site to settle the dispute according to the locals. Seriously injured Basnet was rushed to Kathmandu after he could not be treated at Gorkha Hospital. He sustained an injury in his face whereas other victim Chaudhary has lost his hearing ability due to the beatings. The dispute was raised over the case of intimidating local Thaman Singh Basnet by a team led by police inspector Gautam Bohara while he was talking in his mobile phone at night. DSP Birendra Thapa said that he is unaware about the incident of police beating locals. Meanwhile, SP Janak Raj Pandey accepted that it was police fault. He added that the guilty will be brought under departmental action. गोरखाका एक प्रहरी निरीक्षक गौतम बोहोराले मदिरा पिएर स्थानीय बासिन्दालाई निर्घात कुटपिट गरेका छन् । सोमबार राति सवा ११ बजे गोरखाको अँबुवा पुलमा टेलिफोन गरेर बसिरहेका २३ वर्षीय विश्वास बस्नेतलाई कुटपिट गरेपछि पुगेका उनका बुबा ७१ वर्षीय थमनसिंह बस्नेतलाई पनि उनले कुटेका हुन् । घाइते वृद्धको गोरखा अस्पतालमा उपचार भएको छ । आफूलाई बक्सिङले नाकमा हानेको र बुटले ढाडमा हानेपछि ढलेर बेहोस भएको बस्नेतले बताए । ‘मेरो छोरालाई किन कुट्नुभएको ? भन्दै घरभित्रबाट आँगनसम्म के पुगेको थिएँ, गाडीबाट झरेर इन्स्पेक्टरसाबले बक्सिङले नाकमा बजाइहाल्नुभयो-, गोरखा अस्पतालको शय्यामा रहेका उनले भने, ‘अनि ढाडमा पनि हान्नुभयो । ढलिहालें । रगतको ताल पर्‍यो । म त बेहोस भैहालें । पछि केकेले हाने कुन्नि ? गोली हान् भनेको पनि सुनेको थिएँ ।- आफूलाई कुट्न आउँदा इन्स्पेक्टर रक्सीले मात्तिएर ढलपल भएको र ह्वास्स रक्सी गनाएको उनले बताए । ‘छिःछिःछिः रक्सी ह्वास्सै गनाएको थियो । ज्यान पनि कन्ट्रोलमा थिएन-, उनले भने । आफ्नो छोरा र पतिलाई प्रहरीले कुटेको देखेकी मीरा बस्नेतले गुहारगुहार भनेर चिच्याएपछि स्थानीय बासिन्दा धुरिएर प्रहरीमाथि जाइलागेका थिए । उनीहरूले प्रहरी इन्स्पेक्टर बोहोरालगायत प्रहरीमाथि हातपातसमेत गरे । थानीयले प्रहरी सवार ना १ झ १३७० नम्बरको भ्यानको सिसासमेत फुटाइदिएका छन् । जिल्ला प्रहरी कार्यालयबाट गस्ती गर्न गएको प्रहरी इन्स्पेक्टर बोहोरा नेतृत्वको टोलीले स्थानीयमाथि कुटपिट गरेको हो । ‘फोन आएपछि मेरो छोरा फोन उठाउँदै बाहिर गएको थियो-, थमनसिंह बस्नेतले भने, ‘यतिबेलासम्म किन फोन गरेर बसेको ? भनेर गाडीबाट झरेर प्रहरीले छोरालाई कुटेछ । छोरो आत्तिँदै, भाग्दै आयो । म ओछ्यानमा पल्टिसकेको थिएँ । अनि म बाहिर निस्कनेबित्तिकै मलाई कुट्यो ।- घटनास्थलमा घर ढलानमा काम गर्ने मजदुर र छिमेकी आइपुगेको उनले बताए । दिनभर छिमेकीको घर ढलानमा लखतरान भएका आफ्ना निर्दोष साथीहरूलाई पनि प्रहरीले कुटेको रौतहट बगाहीका मजदुर प्रेमलाल चौरासियाले बताए । छसातजना मजदुरमाथि प्रहरीले हातपात गरेको उनले बताए । त्यहाँ धुरिएका स्थानीयले प्रहरी र गाडीमाथि ढुंगामुढा गर्दा इन्स्पेक्टर बोहोरा र प्रहरी जवान टोपबहादुर अधिकारी घाइते भएको र ना १ झ १३७० नम्बरको प्रहरी भ्यानको सिसा फुटेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । आक्रमणमा उत्रिएका छजनालाई पक्राउ गरी जिप्रका ल्याइएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक थापाले छानबिन गर्दा दोषी देखिए प्रहरी निरीक्षक बोहोरामाथि कारबाही हुने बताए । घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गर्दै स्थानीयले दिनभर जिप्रकामा धर्ना दिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले इन्स्पेक्टर बोहोरामाथि विभागीय कारबाही गरिने जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Violence against civilians
Weapons Unclear , Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 4
Youth Injured 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis