Incident Reports

Police Refuse to Register Case of Domestic Violence

2013-03-22

Nepal

 

चितवन । चैत ९ गते

 

सासू र दुई अमाजूको कुटपिटबाट घाइते भइ अस्पतालमा भर्ना भएकी गर्दी गाविस-२ की २५ वर्षीया एकल महिला चनमती महतो (लामा) ले ०६९ चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी प्रहरीले हालसम्म पनि दर्ता गरेको छैन ।

 

घरायसी ऋण कसले तिर्ने भन्ने विषयमा वादविवाद हुँदा चनमतीलाई ०६९ चैत ६ गते सासू ६० वर्षीया सीतादेवी तामाङ, जेठी अमाजू भागीरथी महतो र कान्छी अमाजु सुलोचना महतोले कुटपिट गरेको पीडितले बताइन् ।

 

चिरपट दाउराको प्रहारबाट टाउकोमा गम्भीर चोट लागेकी चनमतीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । कुटपिटका कारण टाउको र शरीरका विभिन्न भागमा चोट लागेर बेहोस भएकी चनमतीको दुई दिनपछि मात्र होस्मा आएकी उनका बाबु सियन महतोले बताए । उनले भने-'मेरो भतिजीले फुपाजू दिदीलाई कुटेर बेहोस बनाइदिए भन्दै फोन गरी, छोरीको घरमा गएर उसलाई अस्पताल ल्याएको हो ।' छोरीले आफ्नो भागमा परेको ऋण तिर्न तयार हुँदाहुँदै उनीहरूले छोरीलाई मर्ने गरी कुटपिट गरेको सियनले बताए । छोरीलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै चैत ७ गते सियनले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको बताएपनि हालसम्म सो निवेदन बारे प्रहरीले चासो देखाएको छैन् । घरायसी झै-झगडा भएको कारण दुबै पक्ष आएर मिल्ने इन्स्पेक्टर टङ्क भट्टराइले बताए । घरायसी झगडालाई ठूलो बनाउन नहुने इन्स्पेक्टर भट्टराईको तर्क छ । चनमतीकी सासू बृद्ध भएको कारण चैत ८ गते उनलाई प्रहरीमा ल्याई घटना बारे सोधपुछ गरी घरपरिवारको जिम्मामा बुझाइएको उनले जनाए । यता पीडित पक्ष भने कुटपिट गर्नेलाई कारवाही हुने विश्वासमा रहेका छन् ।

 

सावित्री सापकोटा Chitwan/ March 22

The complaint submitted by Chanamati Mahato (Lama), 25, of Gardi2, who was injured by the beatings of her in-laws, has been refused by the police on March 20.

 

The victim is getting treatment at Bharatpur hospital.

 

Chanamati was severely beaten by her mother-in-law Sita Devi Tamang, 60, sister-in-laws Bhagirathi Mahato and Sulochana Mahato on March 19 over a dispute about paying off loan.

 

The victim was severely injured due to the beatings. Chanamati, who sustained a head injury, regained consciousness only after 2 days, according to her father, Sian Mahato. Her father said that his daughter was severely beaten though she was ready to pay off the loan.

 

Inspector Tanka Bhattarai of the District Polcie Office said that the incident is a family dispute and should be solved by an agreement between both parties.

 

The victim expressed hope that actions would be taken against the culprit.

Sabitri Sapkota

0 Comments