Incident Reports

PabilNews: Media institution against the destruction of Radio Dhading

2016-09-23

Media institution of Dhading protested against the destruction of Radio Dhading 106 MHz at Dhadingbesi. They said that the radio equipments were damaged and journalist were misbehaved and were not allowed to take pictures. In the leadership of District Forest Office Chief, Imnath Poudel, forest guard and large amount of police surrounded the radio building at 4 am and journalists who were sleeping inside were forcefully taken outside of the building and destructed the radio station. The demonstrating journalists demanded to take action against the perpetrators. The forest chief destructed the radio station as it was located inside the community forest. 5 people along with postal natal woman and handicapped children were forcefully taken out of the building by male police and forest guards. There were about 400 police and two excavator to destruct the building. सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्ज भत्काएकोप्रति धादिङका संचार संस्थाहरुले बिरोध गरेका छन् । रेडियोको उपकरणहरु ध्वस्त पारेर पत्रकारहरुमाथी नै दुव्र्यवहार गर्दै हातपात गरी तस्विर खिच्न समेत निषेध गरेकोप्रति संचार संस्था र संगठनहरुले धादिङबेसीमा बिरोध प्रदर्शन गरेका छन् । विहान ४ बजे जिल्ला वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेलको नेतृत्वमा पुगेका वन रक्षक र ठूलो संख्यामा पुगेका प्रहरीले चारैतिरबाट घेरा हालेर रेडियोभित्रै सुतिरहेका पत्रकार शंकर श्रेष्ठ, खेम चेपाङ, सौगात लम्साल र प्राविधिक रोम श्रेष्ठलाई हातपात गरि जवरजस्ती बाहिर निकालेर आतंककारी शैलीमा रेडियो ध्वस्त पारेको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले विज्ञप्ती प्रकाशित गरि भत्सर्ना गरेको छ । रेडियो धादिङमाथी भएको आक्रमण र पत्रकारहरुमाथी भएको दुव्र्यवहार गर्नेहरुप्रति कारबाहीको माग गर्दै दोषीहरुमाथी तत्काल कारबाही नभए चरणवद्ध आन्दोलन गर्ने नेपाल पत्रकार महासंघ धादिङले चेतावनी दिएको छ । घटनाप्रति प्रेस चौतारी नेपाल धादिङ र प्रेस युनियन धादिङले पनि प्रेस बिज्ञप्ती जारी गर्दै भत्र्सना गरेको छ । विरोधमा सामुदायिक रेडियो बचाउ अभियान गर्दै काठमाडौँमा विरोध ¥याली निकालिएको छ । ¥यालीपछि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले भने ‘सवैले बुझीराखौं, जव सत्ताले अधिनायकवादको रूप धारण गर्छ, सवैभन्दा पहिला मिडियामाथि नै आक्रमण गर्छ । अहिलेको सरकारले हामीलाई यही सन्देस दिएको छ । कुनै भ्रममा नपरौं । मिडियाबिरूद्द सरकारी आतंकको प्रतिवाद गरौं ।’ गैसस महासंघ, मानव अधिकार एलायन्स, महिला मानव अधिकारहरुको जिल्ला संजाल, सहयात्री समाज नेपाल, खाद्य अधिकार जिल्ला संजाल, लगायतले विज्ञप्ती निकालेर रेडियो र सुरक्षित आवास गृहमाथी भएको सुनियोचित आक्रमणको भत्र्सना गरेको छ । हिंसा प्रभावित सुत्केरी महिला र अपाङग बालबालिका सहित ५ जनालाई पुरुष प्रहरी र वन रक्षकहरुले जबरजस्ती तानेर भवन भत्काएकोमा सहयात्री समाज नेपाल र महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजाल धादिङले राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा उजुरी दिएको छ । राती दुई ओटा डोजर र करिब ४ सयको संख्यामा प्रहरीहरु सहित पुगेका वन प्रमुख इमनाथ पौडेलले रेडियोको भवन भत्काएर रेडियोका उपकरणहरु सबै ध्यस्त पारेका छन् । रेडियोभित्र रहेका संचारकर्मीहरुलाई लछारपछार पार्दै रेडियो भित्र प्रवेश गरेका वन रक्षक र प्रहरीले रेडियोको स्टुडियो, मिक्स्चर, माइक, कम्प्युटर, सोलार प्यानल लगायत सबै उपकरण फुटाएका छन् । सामुदायिक बन भित्र भवन निर्माण गरी रेडियो संचालन गरेको भन्दै यस अघि पनि रेडियो माथी आक्रमण भएको थियो । त्यतिबेला स्थानीयहरुले भत्काउनबाट रोकेका थिए । रेडियोले भवन भत्काउनु पर्ने कुनै आधार नभएको दावी गर्दे आएको थियो भने बन कार्यालयले जसरी पनि भवन खाली गर्न चेतावनी दिँदै आएको थियो । आज राती झुक्याएर भवनमा आक्रमण गरिएको स्टेशन मेनेजर राजाराम शर्माले बताए । राती नै रेडियो भत्काउन पुगेका वन रक्षक र प्रहरीले रेडियो भित्र सुतेका पत्रकारहरुलाई रेडियो भत्काउन आएको विषयमा स्टेशन मेनेजरलाई जानकारी गराउन खोज्दा मोबाइल खोसेर टेलिफोन गर्न समेत रोकेको बताएका छन् । रेडियोमा आक्रमण हुन थालेपछि तत्कालै पुगेका नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, सहसचिव मनिष दुवाडी, पत्रकार सीताराम अधिकारी, अर्जुन श्रेष्ठलाई रेडियोतर्फ जान रोकरेर हातपात गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Local Newspaper - Dhading

0 Comments