Incident Reports

Kailali Times: Indefinite padlocking at council due to leadership dispute

2016-09-19

Bagmati, Kathmandu, Kathmandu

Thamel Tourism Development Council office has been indefinitely padlocked due to a dispute between two groups seeking leadership of the council. The council has been padlocked since the past two days after the current president Ramsharan Thapaliya announced the postponement of the council's general assembly and senior vice-president Samir Gurung claimed leadership of the council by holding a general assembly. काठमाडौँ, असोज ५ (रासस)- नेतृत्वको विषयलाई लिएर ठमेल पर्यटन विकास परिषदमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । परिषद्को साधारणसभा स्थगन र अर्को समूहले नया नेतृत्व घोषणा गरेपछि विवादित बनेको परिषदमा दुई दिनदेखि तालाबन्दी भएको हो । परिषदमा केही दिन अघिदेखि विवाद उत्पन्न भएको थियो पदाधिकारीले एक अर्कालाई आरोप लगाउदै संस्थालाई बदनाम हुने गरी भइरहेको गतिविधिप्रति व्यवसायी आक्रोसित देखिएका छन् । पर्यटकीय मौसम सुरु हुनलाग्दा ठमेलको समग्र पर्यटन प्रवर्दन विकासका लागि गठित संस्थामा विवाद देखिनुले पर्यटकमा नकारात्मक सन्देश जाने भन्दै व्यवसायीले चाडो समस्या समाधान गर्न दबाब दिएका छन् । तर परिषद्का जिम्मेवार पदाधिकारी आ-आफ्नो पक्षमा पद हत्याउन लागि परेका छन् । वर्तमान अध्यक्ष थपलिया र परिषद्का उपाध्यक्ष समीर गुरुङ समूहबीचको विवादले परिषद्को भविष्य अन्योल बनेको हो । दुई दिनअघि परिषद्का वर्तमान अध्यक्ष रामशरण थपलिया समूहले घोषित मितिको अघिल्लो दिन साधारणसभा स्थगित गरेपछि परिषद्कै वरिष्ठ उपाध्यक्ष समीर गुरुङको नेतृत्वमा साधारणसभा सम्पन्न भएको थियो । सभाले अध्यक्ष थपलियालाई हटाएर कार्यवाहक अध्यक्षको जिम्मेवारी गुरुङलाई दिएको घोषणा गरेको थियो । गुरुङले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएसंगै परिषद छिर्ने घोषणा गरेपछि अध्यक्ष थपलियाले जिल्ला प्रशासन कार्यालयमा काठमाडौँमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिनुभएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Secondary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
Local Newspaper - Kailali

0 Comments

Related Reports
Related Trend Analysis